माइती नेपाललाई खेल सामाग्री

माइती नेपाललाई खेल सामाग्री


अमेरिकाको बाल्टिमोरस्थित एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोले माइती नेपालका तेक्वान्दो खेलाडीलाई खेल सामाग्री उपलब्ध गराएको छ ।

एभरेष्टका संस्थापक कुमार कार्की र कल्पना कार्कीले ८० हजार मूल्य बराबरको खेल सामाग्री माइती नेपालका निर्देशक विश्वराम खड्कालाई हस्तान्तरण गरे ।

माइती नेपालले असाहय खेलाडीहरुलाई तेक्वान्दोको प्रशिक्षण दिँदै आएको छ ।