उत्तर कोरियाली ‘तानाशाह’सँग सोझै कुराकानी भएको ट्रम्पको खुलासा

उत्तर कोरियाली ‘तानाशाह’सँग सोझै कुराकानी भएको ट्रम्पको खुलासा


राष्ट्रपति ट्रम्पले दुई देशका नेताहरूबीचको भेटघाटलाई ऐतिहासिक तुल्याउनका लागि अमेरिकी अधिकारीहरूले उत्तर कोरियाका अधिकारीहरूसँग बातचित गरेका जनाएका छन् । उनले भनेका छन्– ‘हामीले अत्यन्त उच्च तहमा सोझै कुराकानी गर्यौँ ।’

अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग अमेरिकाको प्रत्यक्ष कुराकानी भएको बताएका छन् । ट्रम्प र किमबीच सोझै कुराकानी भएको भनी अफवाह चल्न थालेपछि राष्ट्रपति ट्रम्पले यस्तो भनाई सार्वजनिक गरेका हुन् । तर, उनले अमेरिकाको तर्फबाट किमसँग कसले भेटघाट वा कुराकानी गरेको भन्नेचाहिँ खुलाएका छैनन् ।

‘पासिङ्टन पोष्ट’मा प्रकाशित समाचार अनुसार अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक माइक पोम्पियोले ईस्टरको अवसरमा उत्तर कोरियाको गोप्य यात्रा गरेका थिए । सोही क्रममा पोम्पियोले किम जोङ उनसँग भेटेका हुन् ।

राष्ट्रपति ट्रम्पले पनि दुई देशका नेताहरूबीचको भेटघाटलाई ऐतिहासिक तुल्याउनका लागि अमेरिकी अधिकारीहरूले उत्तर कोरियाका अधिकारीहरूसँग बातचित गरेका जनाएका छन् । उनले भनेका छन्– ‘हामीले अत्यन्त उच्च तहमा सोझै कुराकानी गर्यौँ ।’

ट्रम्पको भनाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट गर्नका निम्ति विभिन्न पाँच स्थानमाथि विचार भइरहेको छ । उनले यी सबै कुरा जापानका प्रधानमन्त्री सिन्जो आबेको उपस्थितिमा खुलाएका हुन् । आबे ट्रम्पसँग भेट गर्न फ्लोरिडा पुगेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जोले ट्रम्पको कुरा सुनेपछि साहसी व्यक्ति भन्दै उनको प्रशंसा गरेका छन् । अमेरिका–उत्तर कोरियाबीचको वार्ताको ठोस नतिजा आउने अपेक्षा पनि आबेले गरेका छन् । सम्भावित उक्त वार्ताका क्रममा कोरियाली प्रायद्वीपमा जापानी सुरक्षाको पनि विशेष ख्याल राखिने अपेक्षा आफूले गरेको राष्ट्रपति ट्रम्पसमक्ष प्रधानमन्त्री आबेले खुलस्त गरे ।

उत्तर कोरियासँगको वार्ताका क्रममा ट्रम्पले जापानी सरोकारलाई बेवास्ता गर्न सक्ने चर्चा जापानमा चलेको परिवेशमा प्रधानमन्त्री आबेले ट्रम्पसँग भेट गर्नुका साथै उपरोक्त अभिव्यक्ति दिएका हुन् । उत्तर कोरियाको छिमेकी जापान अमेरिकाको प्रमुख सहयोगी देश हो ।

राष्ट्रपति ट्रम्पले गत महिना उत्तर कोरियाको तर्फबाट सोझै कुराकानी गर्न आएको प्रस्ताव स्वीकार गरेर अन्तर्राष्ट्रिय समुदायलाई आश्चर्यमा पारेका थिए । ट्रम्पको भर्ना छ कि उत्तर कोरियाका नेता किमसँग आगामी जून या त्योभन्दा पहिले नै भेटघाट हुन सक्छ ।