वि.सं. २०७५ को राशिफल

वि.सं. २०७५ को राशिफल


मेष
मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । अचानक कार्यमा सफलता एवम् चमत्कारी शुभफल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रबाट विशेष सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । स्कुल तथा कलेजका विद्यार्थीलाई सफलता मिल्नेछ । विदेशी जागिरेका लागि पदोन्नतिको सम्भावना प्रबल रहेको छ । असोज १९ गतेबाट फागुन १९ गतेसम्मको समयमा केही नराम्रा एवम् दुःखद् समचार सुन्नमा आउनेछन् । घर–परिवारमा रोगको समस्या बढ्नेछ । दुर्घटना तथा चोटपटकको भय रहनेछ सचेत रहनुहोला । यो वर्षको शुभ रङ रातो, सेतो र पहेँलो शुभ रङ हो र १, २, ३, ४ र ७ शुभ अङ्क हो ।

वृष
वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ सालको पूर्वार्धभन्दा उत्तरार्ध शुभ फलदायी रहनेछ । असोज १८ गतेसम्म केही नराम्रो फल दिनेछ । अढैया शनिको प्रभावले गर्दा नराम्रा एवम् दुःखद् समचार सुन्नमा आउनेछ । अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । राजनीतिक क्षेत्रमा समस्या एवम् बिघ्न आउनेछ । वैदेशिक रोजगारमा लागेकालाई समय त्यति राम्रो छैन । असोज १९ गतेबाट आफ्नो अनुकूलताको फल मिल्नेछ । अतः यस समयमा विद्या, बुद्धि र वंशको वृद्धि हुनुका साथै घर–परिवारमा मङ्गल कार्यको योग बन्नेछ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । यो वर्षका लागि सेतो, हरियो, कालो, सुन्तला शुभरङ हो र ४, ५, ६ र ८ शुभ अङ्क हो ।

मिथुन
मिथुन राशि हुनेहरूका लागि यो वर्षको मध्यभागमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि समग्रमा अनुकूल नै रहनेछ । राजनीतिक क्षेत्र सुझबुझमा भरपर्छ । घरपरिवारमा मङ्गलकार्यको योग बन्नेछ । वैदेशिक लगानीका लागि समय राम्रो छ । सम्बन्ध गाढा भई परिणाममुखी बनाउन सकिनेछ । पढाइलेखाइका लागि विदेश जाने योग छ । असोज १९ गतेबाट फाल्गुन १९ गतेसम्म ऋण, रोग, शत्रु तथा विवाद बढ्नेछ । मित्रसँगको सम्बन्धमा उल्झन आउनेछ । शीर्षपीडा बढ्नेछ साथै तथा हृदयमा रोग बढ्ने भएकाले आफ्नो स्वास्थ्यप्रति विशेष ख्याल पु¥याउनुहोला । यो वर्षका लागि हरियो, रातो, पहेँलो, र सेतो शुभ रङ हो र १, ५ र ६ शुभ अङ्क हो ।

कर्कट

कर्कट राशि हुनेहरूका लागि यो वर्षको उत्तरार्धमा केही विपक्षी समाचारको सामना गर्नुपर्नेछ । विद्या भावमा गोचर गर्ने वृहस्पतिले विद्या, बुद्धि र सन्तान सुख गराउनेछ । विज्ञान प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । प्रेम र मित्रताको बन्धन गाढा भई लगनगाँठो बाँधिनेछ । वादविवाद तथा न्यायमा सफलता मिल्नेछ । कलाकारितामा आबद्ध व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । नयाँ रोजगारीको अवसर मिल्नेछ । जागिरेहरूका लागि पदोन्नति हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । यो वर्षका लागि सेतो, नीलो, र घ्यूरङ शुभ रङ हो र १, २, ६ ७ र ९ शुभ अङ्क हो ।

सिंह
सिंह राशि हुनेहरूका लागि २०७५ सालमा आँटेको र ताकेको कार्यहरू पूरा हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । घरमा मंगल कार्यको अवसर जुट्नेछ । मित्र वा आफन्तबाट भरपूर सहयोग मिल्नेछ । सुखद् एवम् मनोरञ्जनपूर्ण देशविदेशको सफल यात्रा हुनेछ । राजनीतिक यात्रा सफल हुनेछ । बैंकिङ तथा वित्तीय क्षेत्रमा गरिएको लगानी मौलाउनेछ । प्रेम र मित्रताको बन्धन अझै कसिनेछ । विद्यार्थीले विद्यामा प्रगति हासिल गर्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरूका लागि भने आर्थिक पक्ष कमजोर रहनेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । यो वर्षका लागि रातो, गुलाबी, पहेँलो र हरियो शुभ रङ हो र शुभ अङ्क १, ३, ५, र ९ शुभअङ्क हो ।

कन्या
कन्या राशिहरूका लागि यो वर्ष शुभ–अशुभ मिश्रित फल मिल्नेछ । पूर्वार्धभन्दा उत्तरार्धमा बढी राम्रो छ । नयाँ कार्यको योजनाले पूर्णता पाउन निकै सङ्घर्ष गर्नुपर्नेछ । अनावश्यक आरोप लाग्ने हुँदा सजक रहनुहोला । शनि वर्षभरि नै सुखभावमा रहने र अढैया शनिको प्रभावले गर्दा घरपरिवारका लागि स्वास्थ्योपचारमा धन खर्च बढ्नेछ । राजनीतिक क्षेत्रमा समस्या एवम् बिघ्न आउनेछ । कार्यमा उल्झन आई नराम्रा समाचार सुन्नमा आउनेछ । वित्तीय संस्थाका कर्मचारीहरूले सजकता अपनाउनुपर्नेछ । अध्यन अध्यापनको क्षेत्र पूर्वार्धभन्दा उत्तरार्ध राम्रो हुनेछ । यो वर्षका लागि हरियो, नीलो, रातो र कालो शुभ रङ हो र १, ५ र ६ शुभअङ्क हो ।

तुला
तुला राशिहरूका लागि यो वर्ष नयाँ कार्यको योजनालाई पूर्णता दिलाउनेछ । टाढिएका मित्रसँग नजिक गराउनेछ । पढाइलेखाइमा उल्लेख्य सुधार आउनेछ । असोज १९ गतेदेखि फागुन १९ गतेसम्म द्वादश धन स्थानमा रहने वृहस्पति भएकाले आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । यस वर्ष व्यापार–व्यवसायको आर्थिक सङ्कट नास हुनेछ । वैदेशिक रोजगारमा जानेहरूका लागि राम्रो छ । राजनीतिक क्षेत्र सुझबुझमा भर पर्छ । वर्षभरि नै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । यो वर्षका लागि सेतो, पहेँलो, खैरो शुभ रङ हो र शुभअङ्क ४, ५, ६ र ८ शुभअङ्क हो ।

वृश्चिक
२०७५ सालको पूर्वार्धमा विविध समस्यामा झेलिनुपर्नेछ भने उत्तरार्धमा इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । विदेश गएका विद्यार्थीलाई भने विशेष सफलता मिल्नेछ । असोज १८ गतेसम्म व्यय भावमा रहने वृहस्पतिले अत्यधिक खर्च गराउनेछ । असोज १९ गतेबाट अपार एवम् चामत्कारिक ढङ्गले सफलता दिलाउनेछ । प्रेममय दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । यस वर्षभरि नै शनिको अन्त्य साढेसाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा विलम्ब हुने तथा चोटपटकको भय रहनेछ । राजनीतिक क्षेत्रमा पनि समस्या एवम् बिघ्न आउनेछ । यो वर्षका लागि शुभ रङ सेतो, पहेँलो, गुलाबी र रातो शुभ रङ हो र शुभ अङ्क १, २, ३ र ९ शुभअङ्क हो ।

धनु
२०७५ साल धनु राशि भएका व्यक्तिहरूलाई पूर्वार्धमा नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । राजनीतिक यात्रा सफल हुनेछ । पारिवारिक मनमुटाव कम भई दाम्पत्य सुखमा रमाउने समय आएको छ । विशेषगरी बिदेसिएका विद्यार्थीले सफलता हासिल गर्नेछन् । वर्षको उतरार्धमा शुभ र अशुभ मिश्रित फल मिल्नेछ । शत्रु बढ्ने सम्भावना रहेकाले विचार पु¥याएर सम्बन्ध गाँस्नुहोला । वैदेशिक क्षेत्रबाट भने पूर्ण सफलता मिल्नेछ । शनिको मध्य साढेसातिको प्रभाव वर्षभरि नै रहनाले उक्त समय केही सङ्घर्षमय रहनेछ । राजनीतिक यात्रा पनि सङ्घर्षमय हुनेछ । यो वर्षका लागि पहेँलो, गुलावी, घ्यू रङ र सुन्तला रङ शुभ रङ हो र २, ३, ५, ७ र ९ शुभअङ्क हो ।

मकर

२०७५ साल मकर राशि हुनेहरूका लागि मिश्रित फल लिएर आएको छ । राज्य तथा सामाजिक कार्यमा प्रगति हुनेछ । पद र प्रतिष्ठा प्राप्त मिल्नेछ, अतः यो वर्ष भाग्यले साथ दिनेछ । न्यायिक निर्णहरू तपाईंको पक्षमा नहुन सक्छन् । फागुन १९ गतेबाट खर्च भावमा जाने वृहस्पतिले मानसिक चिन्ता बढाउनेछ । पेसा र व्यापारका लागि देश–विदेशका यात्रा हुनेछ । वर्षभरि नै शनिको अढैयाको प्रभावले व्यापार व्यवसायमा मन्दी आउनेछ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले बढी सजग रहनुहोला । कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ । यो वर्षका लागि पहेँलो, हरियो, खौरो र गुलावी शुभ रङ हो । र ३, ५, ६, ७ र ८ शुभअङ्क हो ।

कुम्भ

२०७५ साल कुम्भ राशि हुनेहरूका लागि यस वर्ष सानो प्रयासले ठूलो सफलता मिल्नेछ । उच्च पदप्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । वर्षभरि नै शनि अनुकूल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ । नयाँ कार्यको थालनी हुनेछ, आर्थिक पक्ष सबल नै रहनेछ । विशेषगरी व्यापारमा लागेकाहरूका लागि समय निकै राम्रो छ । पुत्र प्राप्तिको सम्भावना प्रबल रहेको छ । लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । जागिरेहरूलाई सरुवा र बढुवा प्राप्तिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नहुन सक्छन् । यो वर्षका लागि नीलो, हरियो, पहेँलो र घ्यू रङ शुभ रङ हो । र ३, ५, ६, र ८ शुभअङ्क हो ।

मीन
मीन राशि भएका व्यक्तिहरूका लागि २०७५ साल पूर्वार्धभन्दा उत्तरार्ध फलदायी रहनेछ । पूर्वार्धमा कष्टकर यात्रा हुनुका साथै केही नराम्रो फल तथा अधिक खर्च गराउनेछ । राजनीतिक क्षेत्र सुझबुझमा भर पर्छ । शैक्षिक क्षेत्रबाट सोचेअनुसार प्रतिफल नमिल्ला । जेठ महिनामा केही धनमाल हराउने योग छ । वैदेशिक क्षेत्रको कार्यमा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा पनि समस्या देखापर्न सक्छ । असोज १९ गतेबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । भौतिक सुख तथा आफ्नो अनुकूलताको फल मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो वर्षका लागि रातो, पहेँलो, गुलाबी र सुन्तला रङ शुभ रङ हो र १, २, ३, ७ र ९ शुभअङ्क हो ।