पार्टी एकता संयोजन समितिको बैठक जारी

पार्टी एकता संयोजन समितिको बैठक जारी


एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

यसअघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एकताको गाँठो फुकाउन छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

बैठकले जनयुद्ध शव्दबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झाउने अपेक्षा गरिएको छ । सकेसम्म यही वैशाख ९ गते एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी छन् ।