अन्तर्राष्ट्रिय पेनकेक सितालमा विवेकलाई स्वर्ण

अन्तर्राष्ट्रिय पेनकेक सितालमा विवेकलाई स्वर्ण


भारतको जम्मु कास्मीरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पेनकेक सिताल च्याम्पियनसिपमा नेपालका तीन जना खेलाडीले पदक जित्न सफल भएका छन् ।

६५ केजीतर्फ प्रतिस्पर्धा गरेका विवेककुमार विकले स्वर्ण पदक जितेका छन । त्यस्तै ६० केजीतर्फ समिर थापाले रजत र ७५ केजीतर्फ प्रतिस्पर्धा गरेका नन्दलाल थारुले रजत पदक जितेका छन् ।

च्याम्पियनसिपमा नेपालको तर्फवाट पाँचजना खेलाडीले सहभागिता जनाएका थिए । गोविन्द चौधरी र राजेश रावत पदकविहीन रहे ।