महिला उद्यमीलाई प्रवर्द्धन र प्रोत्साहित गर्दै हिमालयन बैंक

महिला उद्यमीलाई प्रवर्द्धन र प्रोत्साहित गर्दै हिमालयन बैंक


हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच महिला उद्यमीहरूको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले जानकारी दिएअनुसार सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइएफसीका तर्फबाट आवाशीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरूको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उद्देश्य हो । हिमालयन बैंक लिमिटेडले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरूको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने प्रयोग गर्ने बताइएको छ ।