मुग्लिन–नारायणगढ सडक दिउँसोमा ६ घण्टा बन्द

मुग्लिन–नारायणगढ सडक दिउँसोमा ६ घण्टा बन्द


बहुचर्चित मुग्लिन–नारायणगढ सडक आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द हुने भएको छ । बाँकी रहेको काम पुरा गर्नको लागि आयोजनाले यस्तो निर्णय गरेको हो ।

१२ प्रतिशत मात्रै निर्माण कार्य बाँकी रहेको काम बाँकी रहेको मुग्लिन–नारायणगढ सडकखण्ड शनिवार एकदिन नयाँ वर्षका लागि खुल्ला गरेको आयोजनाले जनाएको छ । सडक आयोजनाका अनुसार आजदेखि अहिले विहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द हुनेछ ।

आगामी मे महिनाको अन्तसमममा सडक निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । सडक आयोजनाका एक इन्जिनियरका अनुसार सडकको २८.५ किलोमिटर सडक पहिलो तहको कालोपत्रे भइसकेको र दोस्रो तह अन्तर्गत २५ किलोमिटर र तेस्रो तहको ५.५ किलोमिटर कालोपत्रे भइसकेको छ । मुग्लिनदेखि भरतपुरको आँपटारीबाटसम्म कुल ३३.२ किलोमिटर रहेको छ ।

दैनिक ६ घण्टा सडक बन्द हुँदा लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।