चुलाचुली गाउँपालिका भवनलाई लक्षित गरी बम विष्फोट

चुलाचुली गाउँपालिका भवनलाई लक्षित गरी बम विष्फोट


इलामको दक्षिणी भेगमा पर्ने चुलाचुली गाउँपालिकाको भवनमा वम विष्फोट भएको छ । गाउँपालिकाको भवनमा कसले विष्फोट गरायो भन्ने खुल्न सकेको छैन ।

वम विष्फोटबाट गाउँपालिकाको सभाहल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको स्थानियवासीले जानकारी दिएका छन् । उनिहरुका अनुसार विष्फोट गएराति ९ बजेतिर गराइएको हो ।

गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाका अनुसार विष्फोटबाट कार्यालय भवनको छत प्वाल परेको र छाना खसेको छ । प्रहरीले घटनाको अनुसन्धान कार्य जारी रहेकोले कसले र किन विष्फोट गरायो भन्ने खुल्न नसकेको जनाएको छ ।

यसैगरी काभ्रेमा एक क्रसर उद्योगमा शक्तिशाली बम विस्फोट भएको छ ।काभ्रेको नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित कुनसाङ लामाको क्रसर उद्योगमा शुक्रबार राती शक्तिशाली बम विस्फोट भएको हो ।

बम विस्फोटबाट क्रसर उद्योग परिसरमा रहेको एउटा क्रसर मेशिन, तीनवटा स्काइभेटर र केही ट्रिफर जलेर नस्ट भएको बुझिएको छ भने लगभग दश करोडको क्षति भएको अनुमान गरिएको छ ।

दलाल र माफिया प्रवृत्तिका व्यक्तिलाई आक्रमणको निशाना बनाइने उदघोषका साथ कारवाही प्रक्रिया सञ्चालन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सो आक्रमण गरेको हुनसक्ने अनुमान लगाइएको छ ।