नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु


कपिलवस्तुको जितपुरस्थित बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए । राससका अनुसार उनी पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए ।