५० लाख कारोबार गर्दै सकियो नयाँ बसपार्क सडक महोत्सव

५० लाख कारोबार गर्दै सकियो नयाँ बसपार्क सडक महोत्सव


‘सडकमा खाउँ सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ शुरु भएको दुईदिने ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ सम्पन्न भएको छ ।

नयाँ बसपार्क सबै क्षेत्रले सुरक्षित भएको सन्देश दिई आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत चैत ३० गतेदेखि शुरु भएको महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको समापन गर्दै प्रदेश ३ का भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितले नयाँ बसपार्क महोत्सवले नयाँ संस्कारको थालनी गरेको बताए । ‘नयाँ बसपार्कलाई नमूना बसपार्कको रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्नेछ,’– उनले भने ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेश (ख)का सांसद योगेन्द्र संग्रौलाले एकमात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्क क्षेत्रलाई सफा राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताए ।

महोत्सवका संयोजक विष्णु पोखरेलले विसं २०७२ को भूकम्पले क्षति पुगेको नयाँ बसपार्क क्षेत्र सुरक्षित क्षेत्रका रुपमा रहेको सन्देश दिन महोत्सवको आयोजना गरिएको बताउनुभयो । आगामी वर्षपनि यस्ता महोत्सवलाई निरन्तरता दिने उनको भनाइ थियो ।

महोत्सवका आर्थिक संयोजक शैलेश कार्कीले मेलाको दुई लाखले अवलोकन गरेको र झण्डै ५० लाखको आर्थिक कारोबार भएको जानकारी दिए ।