पाठक मञ्च

पाठक मञ्च


pathakmanchपोष्टबहादुरको पार्टीले यो के गरेको ?
०६९ मङ्सिर महिनामा भ्रष्टाचार र सुशासनको मापनमा नेपाल अझ खस्किएको एमनेष्टी इन्टरनेसनलको प्रतिवेदनले देखायो । भ्रष्टाचारको सवालमा मिडियाले स्थान पायो । भ्रष्टाचारविरोधी छवि भएका प्रधानमन्त्रीको शासनकाल रहेको बेला उहाँकै पनि भ्रष्टाचारविरोधी भाषण सुनियो । प्रधानमन्त्रीको वरिपरि नै बढी भ्रष्टाचार रहेको खबर मुख्य मिडियामा आयो । अध्यक्ष प्रचण्ड र उसका पार्टी नेताहरू प्रधानमन्त्री पत्नी हिसिलासम्म भ्रष्ट भएको देख्ने विश्लेषकहरूले पनि बाबुराम भट्टराईलाई भने चोखो नै देखेको पनि पाइयो । बाबुरामै बिटुलो देख्ने विश्लेषक पनि कमचाहिँ पाइएन । आजभन्दा दुई दशकअघिको केही वर्ष म पनि बाबुरामकै पार्टीमा काम गरी सो पार्टीमा रहेको भ्रष्टाचारको सवाल पोष्टबहादुरकहाँ उजुरी गरेको, ६ महिना जेल बसेको, जेलमा माक्र्सवादी दर्शनशास्त्र पढ्न सुरु गरी त्यस दर्शनलाई फलो गर्न चाहना राख्ने शोषणयुक्त समाजको शोषित पात्र । निरन्तर माक्र्सवादको विद्यार्थी । माक्र्सवादको नजिक रहेकोजस्तो लागेको एकीकृत माओवादीबाट राजनीतिक तथा सङ्गठनात्मक असंलग्नता रेडक्रसमा काम गर्न थालेपछि छोडेको पात्र । पोष्टबहादुर बोगटीसँग रहेको साङ्गठनिक नाता तोडी रेडक्रसको सिद्घान्तलाई व्यवहारमा नै फलो गर्नुपर्छ भन्ने मान्यता राखी राजनीतिक पार्टीबाट अलग रहेको पात्र ।
त्यसताका अर्थात् ०४२ सालदेखि ०४८ मा पार्टीमा काम गर्दा पार्टी सङ्गठनभित्र चन्दा उठाएको रकम हिनामिना गर्नेलगायत भ्रष्ट आचरण नछोड्नेको पटक्कै कमी तत्कालीन प्रचण्डले नेतृत्व गरेको तत्कालीन मशालमा थिएन । हाल असफलता हात लागिसकेको तत्कालीन पेरूको क्रान्तिको सपना देखी नेपालमा युद्घको तयारी गर्ने गफ हाँक्ने मेरा सहकर्मी हालका डाक्टर र वैद्य समूहमा बाँडिएका नै रकम हिनामिना गर्नेमा अगाडि थिए । यस्ता भ्रष्ट आचरण भएकाले युद्घ गर्दैनन्, केवल गफ गर्ने हुन् भन्ने लाग्दथ्यो । तर, जे–जसो गरे पनि युद्घचाहिँ गरेर देखाएकाले मेरो विश्लेषण सही रहेनछ भनी आत्मसमीक्ष गरेँ । पार्टीमा भ्रष्टलाई कारबाही गर्न पोष्टबहादुर बोगटीलाई निवेदन गरी अभियोग लगाएकामध्ये एक हुनुहुन्थ्यो, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष रुक्म लामिछाने पनि ।
त्यतिबेला मेरो निवेदनमा कुनै छानबिनसमेत भएन । म रेडक्रसमा संलग्न भएको कारण सङ्गठनात्मक रूपमा माओवादीमा लागिनँ । युद्घमा लागिनँ । मैले भ्रष्ट देखेका मित्रहरू युद्घमा होमिनुभयो । युद्घमा होमिएकोबाट व्यापक आर्थिक अनियमितता गरेको अप्रिय समाचार सुनिनै रहेँ । मुक्ति वा मृत्युको कसम खाएर ज्यानको बाजी राखी होमिएका पूर्वपरिचित भ्रष्ट आचरण गर्नेबाट पूर्वआचरण परिवर्तन गरेको हुनुपर्छ भन्ने विश्वास थियो । तर, शान्ति सम्झौतापछि माओवादीबाट व्यापक आर्थिक अनियमितता गरेको अप्रिय समाचार सुने । माक्र्सवादी दाबी गर्ने पार्टीका योद्घाबाट यस्तो होला भनी पत्याउन सकिनँ । प्रतिक्रियावादीको गलत प्रचार भन्ने बुझेँ । समय बित्दै जाँदा आर्थिक अनियमितता पार्टी र क्रान्तिका लागि रकम सङ्कलन अभियान मात्र होला भन्ने सम्झेँ । व्यक्तिगत सम्पत्तिविहीन घोषणा गरेका नेता रहेको पार्टीमा भएको क्रान्तिका लागि सङ्कलित रकमलाई आवश्यकताको सिद्धान्त मानी न्यायोचित देखे । माओवादीविरोधीको हल्ला दूराग्रहपूर्ण प्रतिक्रियावादी क्रान्तीविरोधी हर्कत मात्र बुझेँ । माओवादी नेता प्रचण्डदेखि गाउँस्तरीय कमाण्डरहरूले अकुत सम्पत्ति जम्मा गरिसकेको समाचार मिडियादेखि चियापसलको जमघटमा समेत व्यापक रूपमा आउन थाले । यसै क्रममा एमाओवादीका मातृका अनि किरण फुटे । फुटेर जानेले संस्थापनलाई सोही आरोप लगाए । संस्थापन पक्षकाले पनि मैले २५ वर्ष अगाडि भ्रष्ट देखेको संयुक्त हुँदा महासङ्घको अध्यक्ष बनाएका रुक्म लामिछानेलाई भ्रष्ट भनेको सुनँे । गतिलो आर्थिक हिनामिना गर्ने व्यक्ति भएको सुनेँ । मैले २५ वर्षअगाडि सोही तथ्य राख्दा पचाइएन, पोष्टबहादुरको पार्टीले त्यसैलाई जल्दोबल्दो नेता बनायो । त्यस्ता भ्रष्टलाई जान्दाजान्दै नेता बनाएपछि भ्रष्टाचार नगरे के गर्दछ त कमरेड ?
पच्चीस वर्षअगाडि जिल्ला विकास समितिमा जागिर खान सुरु गर्दा भ्रष्टाचार नगर्ने, गर्नेको नाङ्गेझार गर्ने अठोटलाई बीचमा नै रोकेर देशअनुसार भेष धारण गर्ने प्रयत्न गर्दै देशअनुसार भेष लगाउन प्रयत्न गर्दैै जागिरको काम गरँे । बहुदल आएपछि पूर्वअभियानलाई ब्यँुताउने निर्णय गरी परिस्थितिको गलत विश्लेषण गरेँ । परिणाम कर्मचारी आन्दोलनमा लागेको अवकाशपत्र लिई जागिरबाट बिदा पाएँ । रेडक्रसमा सेवा प्रवेश गरँे । रेडक्रसका हस्तीहरूले गरिरहेको भ्रष्ट गतिविधिको मूकदर्शक भई जागिरको मायाले मुख बन्द गरेँ ।
नेपाल रेडक्रसको नेतृत्वमा बसी सङ्कटाभिमुख नेपालीको शोषण गर्ने भ्रष्टाचारको फोहोरमा हुर्की–बढेको देवरत्न धाख्वालगायतबाट अन्तर्राष्ट्रिय रूपमा सम्मानित लोगो प्राप्त नेपाल रेडक्रस सेसाइटीको सम्मानित लोगोलाई ढाल बनाई विगत २६ वर्षदेखि भ्रष्टाचारको जग निर्माण गरी एकै व्यतिm महामन्त्रीजस्तो उच्च प्रशासक पदमा निरन्तर रहिरहनुभएको पाएँ । भ्रष्टाचारलाई संस्थागत गरी २६ वर्षसम्म आफ्नो पद जोगाउनुभएको प्रमुख प्रशासक रेडक्रसमा भोगे । अहिले रेडक्रसका महामन्त्री देवरत्न धाख्वाकोे डिजाइनमा सोसाइटीमा भएको भ्रष्टाचारजन्य सवालको उपचारका लागि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीडीओ कार्यालय काठमाडौं, श्रम कार्यालय बागमती, समाज कल्याण परिषद्, जिल्ला विकास समिति काठमाडौं, राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान अगाडि बढाएका छन् । अनुसन्धानका लागि माथि उल्लिखित निकायमा क्रमश: शारदाराज निरौला (अख्तियार), टेकराज भुसाल र प्रेम लामिछाने (जिप्रका), निमिशा जोशी (श्रम), उमा पौडेल र राजन कोइराला (समाज कल्याण परिषद्), शारदा कँडेल (जिविस), प्रहरी उपरीक्षक धर्मानन्द भट्ट (सतर्कता) सँग सम्पर्कमा रही फलोअप गरिरहेको छु । उहाँहरूले मागेअनुसार मलाई खर्चिलो भएको अनुसन्धानमा सहयोग गरिरहेको छु ।
– शिवप्रसाद अधिकारी
फोन ९८४१२५३४५३, ९८१३०४४७८७

ज्यामीलाई ज्यानमारा बनाएर जेलमा
घटना गएको मंसिर अन्तिम साताको हो, जिल्ला रामेछाप फुलासी गाविस–२ घर भई भक्तपुर जडिबुटीमा डेरा गरी बस्ने वर्ष १७ को उमेश बर्देवा नाम गरेका केटा ज्यामीकाम गर्न टिकाथली गएका थिए । उक्त दिन काम नहुने भनेर ठेकेदारले भनेपछि फर्की कोठातिर आउने क्रममा नरेफाँटमा भट्टी पसल तथा चिया–नास्ताको व्यापार गर्नेको छोरा आले नाम बताउने तामाङ थर भएको मानिसले उसलाई निर्घात कुटपिट गरी कानको जाली फुटाइदिएछ । अब मर्नेभयो भन्ने डर भएपछि अत्तालिएर उसले आफ्नै होटलको कुखुरी निजको छेउमा राखी प्रहरीलाई खबर गरी उल्टै त्यो अधमरो किशोरलाई प्रहरी भ्यानमा राखी तीनकिुने प्रहरी चौकीमा थुनि सार्वजनिक अपराध सावित गराई सिडिओ कार्यालयमा लगेर बयान समेत गराइयो । किशोरको सत्यतथ्य बयानलाई इन्कार गरी काठमाडौंका सिडिओलेसमेत २० हजार धरौटि तोक्ने काम गरे, घटनास्थलको स्थलगत निरीक्षण नै नगरी प्रहरी प्रतिवेदन तयार गर्न लगाउने जिसी थरका इन्सपेक्टरले विनाकारण साधारण ज्यामी काम गर्ने पहाडी केटोलाई ज्यादै अन्याय गरेको र निजले त्यो २० हजार धरौटी तिर्न नसक्ने भएकोले कारागारको सजाय भोगीरहेको हुँदा सम्बन्धित निकायबाट न्याय दिलाई पाउँ ।
– उज्ज्वल अधिकारी, रामेछाप, सम्पर्क ९८१८६६७२५९