एपिएफले उचाल्यो मेयर कपको उपाधि

एपिएफले उचाल्यो मेयर कपको उपाधि


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि एपिएफले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

खेलको २० औं मिनेटमा पाँचपोखरीका प्रशान्त लामाले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । एपिएफका हरि कार्कीले ३९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयमा बराबरी गोल भएपछि अतिरिक्त समयमा एपिएफका सुमित आलेले गोल गर्दै अग्रत दोब्बर पारे । अग्रता दोब्बर भएको एक मिनेटमै कुमार दोङले थप एक गोल गरेपछि नतिजा ३–० मा पुगेको हो ।

जितसँगै एपिएफले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता पाँचपोखरी थाङपालले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । खेलको म्यान अफ दी म्याच एपिएफका हरि कार्की घोषित भए । उनलाई नगद तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरियो । विजेतालाई प्रतिनिधि सभा सदस्य अग्नीप्रसाद सापकोटा र उपविजेतालाई प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले ट्रफी र चेक हस्तान्तरण गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका पाँचपोखरी थाङपालका आकाश श्रेष्ठसर्वाधिक गोलकर्ता एन्फा यू १६ का कार्लोसलाई ४२ इञ्चको एलइडी टेलिभिजन प्रदान गरियो । प्रतियोगितामा बेस्ट गोल।क्षक एपिएफका रोमन रसाइली भ एभने एन्फा यू १६ ले फेयर प्ले अफ टुर्नामेन्ट उपाधि पायो ।

१७ टिमको सहभागिता रहेको यो प्रतियोगिता चैत्र २० गतेबाट सुरु भएको हो । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हो ।