पर्यटन बोर्डदेखि गोरखापत्र संस्थानसम्मले गराएनन् लेखापरीक्षण

पर्यटन बोर्डदेखि गोरखापत्र संस्थानसम्मले गराएनन् लेखापरीक्षण


-छविलाल बगाले

आर्थिक बर्ष २०७३-०७४ मा विभिन्न १० वटा संस्थानहरुले लेखापरीक्षण नगरेको भेटिएको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनका आधारमा गुठी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय आवास कम्पनी लिमिटेड, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, नेपाल रेल्वे कम्पनी र सांस्कृतिक संस्थानले लेखापरीक्षण सम्पन्न नगराएका हुन् ।

यि हुन् १० संस्थान, जसले लेखापरीक्षण नै गराएनन् ।

-राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेड
महालेखाका अनुसार राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक बर्ष २०६९-७० देखिको लेखापरीक्षण कार्य गराएका छैनन् ।

-नेपाल पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले आर्थिक बर्ष २०६९-७० देखि ०७२-७३ सम्मको लेखापरीक्षण गराई प्रारम्भिक प्रतिवेदन जारी गरेकोमा सोको प्रतिउत्तर नदिएकोले अन्तिम प्रतिवेदन जारी गर्न नसकेको महालेखाले जनाएको छ । बोर्डले यसबर्षको पनि लेखापरीक्षण नगराएको हो ।

-नेपाल खानेपानी संस्थान
नेपाल खानेपानी संस्थानले २०६९-७० देखि ०७०-७१ को लागि महालेखापरीक्षकले नियुक्त गरेको लेखापरीक्षकलाई स्रेस्ता पेश गरेको छैन् भने संस्थानको लेखापरीक्षण समेत भएको छैन् । संस्थानले हालसम्म लेखापरीक्षण नगरेको महालेखाले निष्कर्ष निकालेको छ ।

-नेपाल खाद्य संस्थान
नेपाल खाद्य संस्थानले आर्थिक बर्ष २०६७-६८ देखि ०७०-७१ सम्मको लेखापरीक्षण गराएपनि प्रतिवेदनको जवाव पठाउन नसकेको महालेखाले जनाएका छ । महालेखाका अनुसार संस्थानको लेखापरीक्षण नभएको भन्दै आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

-नेपाल औषधी लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेड
यि दुबै लिमिटेडले २०७२-३ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनको जवाफ पठाउन सकेका छैनन् । यता लिमिटेडले यसबर्षको समेत लेखापरीक्षण नगराएको महालेखाले जनाएको छ ।

-जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड
लिमिटेडले २०७२-७३ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनको जवाफ नपठाएको महालेखाले जनाएको छ । महालेखाका अनुसार लिमिटेडले यसबर्षको समेत लेखापरीक्षण गराएको छैन् ।

-गोरखापत्र संस्थान र नेश्नल ट्रेडिङ लिमिटेड
सरकारको मातहतमा रहेको संचारमाध्यम गोरखापत्र संस्थान कै लेखापरीक्षण नभएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यस्तै नेश्नल ट्रेडिङ लिमिटेडले पनि लेखापरीक्षण नगराएको र प्रतिवेदनको जवाफ पनि पठाउन नसकेको बताइएको छ ।

-पशुपति विकास कोष
धार्मिक क्षेत्र पशुपतिको विकासका लागि स्थापना गरिएको पशुपति विकास कोषको लेखापरीक्षण भएको छैन् । पशुपति क्षेत्रको भेटी संकलन गर्ने र विकास गर्ने संस्थाकै लेखापरीक्षण नहुनु लज्जाको विषय बनेको छ । कोषले आर्थिक बर्ष २०७२-७३ र २०७३-७४ को लेखापरीक्षण नै नगरी काम गरिरहेको छ । लेखापरीक्षण नै नगर्ने संस्थाको पादर्शितामाथि शंका पैदा भएको छ । त्यस्तै खेलकुद परिषदको पनि लेखापरीक्षण नभएको पाइएको छ ।

-त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय र यस अन्तरगतका निकायहरुको लेखापरीक्षण नभएको महालेखाले जनाएको छ ।