बाहिरिए वार्सिलोना र सिटी

4 Shares

स्पेनको च्याम्पियन बार्सिलोना र इङ्ल्याण्डको च्याम्पियन म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

इटालियन क्लब रोमाको घरेलु मैदानमा मङ्गलबार राति सम्पन्न लिगको दोस्रो खेलमा बार्सिलोना ३–० गोलले पराजित हुँदै (समग्रमा खेल ४–४ भए पनि) ‘अवे गोल’को आधारमा च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको हो । खेल सुरु भएको छैटाँै मिनेटमै घरेलु टोलीका लागि इडन जेकोले गोल गर्दै सुरुवाती अग्रता दिलाए भने दोस्रो हाफको अन्ठाउन्नौँ मिनेटमा डेनिएल डि रोशी तथा बयालिसौँ मिनेटमा मानोलसले गोल गरेका थिए ।

यसअघि सम्पन्न लिगको पहिलो खेलमा बार्सिलोना ४–१ गोलले विजयी भएको थियो । यस्तै अर्को खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेष्टर सिटी पनि घरेलु मैदानमा लिभरपुल फुटवल क्लबसँग १–२ (समग्रमा ५–१) गोल अन्तरले पराजित भएको छ । घरेलु टोलीका लागि ग्याव्रियल जेसुसले खेलको दास्रो मिनेटमै इङ्गलिस प्रिमियर लिग तथा लिभरपुलका महँगा डिफेन्डर भर्गिल भानडाइकको गल्तीको फाइदा उठाउँदै अग्रता दिलाएका थिए तर पाहुना टोलीका लागि मोहमद्ध सालहले छपन्नौ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने ब्राजिनियन रोवर्टो फिरमिन्होले सतहत्तरौँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए, लिभरपुल २००७–०८ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

4 Shares

प्रतिक्रिया