सिड्नी आउने भयो नेप्टे

सिड्नी आउने भयो नेप्टे



– राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

पछिल्लो समय प्रवासमा नयाँनयाँ नेपाली चलचित्रहरू रिलिज हुने क्रम बढ्न थालेको छ । एउटा नयाँ नेपाली चलचित्र हेर्न वर्षौं कुर्नु पर्ने अवस्था अब रहेन । त्यसमाथि नेपाल र अष्ट्रेलियामा त लगभग सँगसँगैजसो चलचित्र रिलिज हुन थालेको छ ।

नेपालपछि प्रवासमा बढी नेपाली चलचित्र प्रदर्शन हुने र दर्शकहरू बढी भएको मुलुकमै पर्न थालेको छ अष्ट्रेलिया । नेपाली सिनेमालाई यो सुखद अवस्थामा पुर्याउन अष्ट्रेलियामा रहेका नेपालीहरूको योगदानलाई भूल्न पनि मिल्दैन ।

यसै क्रममा नेपालमा चैत ३० गते रिलिज हुन लागेको चलचित्र नेप्टे नेपालको रिलिजको दुई दिनपछि अर्थात एप्रिल १५ का दिन सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन हुने भएको छ । ुहुन त हामीले नेपाल र सिड्नीमा एकैपटक रिलिज गर्न लागेका थियौँ, प्रविधिक समस्याले गर्दा मिलेन तर नेपालमा रिलिज भएको दुइ दिनमै सिड्नीवासी नेपालीमाझ नेप्टे चलचित्र ल्याउँदै छौँ ।ु सिडनीमा चलचित्र नेप्टे ल्याउने गोर्खाली इभेन्टस र रकडेल ब्वाइजको भनाई थियो ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र नेप्टे हास्यप्रधान चलचित्र भएको चलचित्रका नायक तथा निर्माता रोहित रूम्बाले नेपालबाटै जानकारी गराए । चलचित्रमा दयाहाङ राई, रोहित रूम्बा र बुद्द्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको ुहरियो डलर डलरले बिगार्यो कलर…’ बोलको गीतले यतिबेला राम्रै चर्चा पाइरहेको छ ।