सप्ट टेनिसमाजर्जिया र भगवतीको उत्कृष्ट प्रदर्शन

सप्ट टेनिसमाजर्जिया र भगवतीको उत्कृष्ट प्रदर्शन


जर्जिया चौधरी र भगवतीविकएनके खुला सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको सेमिफाइनलमा जर्जियाले श्रीया राईलाई ४–१ त्था भगवतीले निमा दावा लामालाई ४–० ले पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघको सहकार्यमा सन् १९९० देखि २००८ का दौरान सफ्ट टेनिसकी राष्ट्रिय च्याम्पियन निरा कायस्थले आयोजना गरेको प्रतियोगिताको पुरुष सिंगल्समा युकेश योञ्जन, दिपेन्द्र थापा मगर, राजेन्द्र श्रेष्ठ, आशिष बोहरा, राजकुमार थापा, बृजेश पाण्डे, उमेश शाही र आभाष बुढाथोकी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

यु–१४ गल्र्स सिंगल्समा आयशा डोल्कर गुरुङले फाइनलमा रोशनी लिम्बूलाई ४–१ ले हराउँदै पहिलो भइन् । यु–१० ब्वाइज सिंगल्समाआयुशमानहजुर घले पहिलो भए । उनले फाइनलमा कुमार गिरीको चुनौती ४–१ ले समाप्त पारेका थिए ।

यु–१४ ब्वाइज सिंगल्समा प्रीतम परियार र सुरज चौधरी उपाधिका लागि भिड्ने छन् । यु–१० गल्र्स सिंगल्समा सुनिरा थापा फाइनलमा पुगिन् । सुनाराले रितिका चौधरी र रशिका पोखरेलबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन् । प्रतियोगितामा विभिन्न ६ स्पर्धामा ५६ खेलाडी सहभागी छन् ।