हिमाचल प्रदेशको काँगडामा स्कुल बस दुर्घटना, २७ को मृत्यु

हिमाचल प्रदेशको काँगडामा स्कुल बस दुर्घटना, २७ को मृत्यु


भारतस्थित हिमाचल प्रदेशको काँगडा जिल्लामा स्कूल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । विद्यालय विदा भएपछि बालबालिकालाई घरमा छोड्न जाँदा बस दुर्घटनामा परेको हो ।

बजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कुलको उक्त बसमा ६० जना सवार रहेका
एक स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेको र दुर्घटनामा परी चालक र दुई शिक्षकको पनि मृत्यु भएको छ ।

बस करिब चार सय फिट तल खोंचमा खसेको छ । मलकवाल गाउँको उक्त खोंचमा खसेको बसलाई सडकबाट देख्न समेत सकिँदैन । केही बालबालिकाको अवस्था अज्ञात छ ।