ट्रम्प टावरमा आगलागी

ट्रम्प टावरमा आगलागी


अमेरिकाको न्युयोर्कमा रहेको ट्रम्प टावरमा आगलागी भएको छ । टावरको पचासौं तलामा शनिबार राति आगलागी भएको हो।

एजेन्सीहरुका अनुसार आगलागीमा एकको मृत्यु हुनुका साथै थप चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

न्युयोर्कको प्रहरीलाई उद्धृत गर्दै जनाइएअनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो । उनलाई स्थानीय माउन्ट सिनाइ रुजबेल्ट अस्पतालले मृत्यु भएको जानकारी दिनुका साथै सो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

उद्धारकार्यमा खटिएका प्रहरीले आगलागी ठुलो र अपार्टमेन्टको पचासौं तलामा भएकोले पनि आगलागी नियन्त्रण गर्न निकै गाह्रो भएकोले सँगै रहेका अन्य भवनसमेत त्यसको असरमा परेको जनाएका छन् ।