विदेशी भूमिमा नेपाली पीडा बारेको गिती एल्वम बजारमा

विदेशी भूमिमा नेपाली पीडा बारेको गिती एल्वम बजारमा


लण्डन । लोक तथा पप गाय​क सुज​न प​राजुली र कृष्ण देवकोटाले संयुक्त रुपमा एक नयाँ गिती एल्बम नेपाली ब​जारमा ल्याएका छन् । जीवन धान्ने सिलसिलामा विदेशी भूमि पुगेका एक प्रेमीले आफ्नी प्रेमिकालाई बिर्संदै ग​एपछि प्रेमिकामा उत्पन्न हुने पिडालाई स​ङ्गीतमार्फ​त् मुख्य​ विषय ब​नाएर​ एल्व​ममा स​मावेश ग​रिएको छ​ ।

द​र्श​कको चाह​नालाई म​ध्य​न​ज​र ग​र्दै नेपाली स​माजका सुख-दुःख​ र​ उकाली-ओरालीलाई य​थार्थ​प​र​क रुपमा संगीतको माध्यामले प​स्कने प्र​यास यसमा ग​रिएको छ ।

गाय​क सुज​न प​राजुलीसँगै कृष्ण देवकोटा, देवी घ​र्तीको स्वर र​हेको उक्त​ गीतको ब​जार व्य​व​स्थाप​न म्युजिक नेपालले ग​रेको छ​ । करुण भावले तयार गरिएको यस गीतको म्युजिक भीडीयोमा महेन्द्र गौतम र रिचा थापाको अत्यन्त लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

भीडीयोलाई निर्देशन दिलिप रेग्मीले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रविन बिकले गरेका छन् । भ​र्ख​र रिलिज ग​रिएको एल्ब​मबारे गाय​क सुज​न प​राजुली भ​न्छ​न्- ‘हाम्रै गाउँ, घ​र, पाखाप​खेरा, कुना-कन्दराको मौलिक व्य​थालाई गीत स​ङ्गीतमार्फ​त् जोड्ने कोशिस ग​रेका छौं, द​र्श​कको भरिपूर्ण​ माया पाउनेमा ढुक्क छौं ।’