यसरी निर्माण भएको थियो हाम्रो ब्रम्हाण्ड

यसरी निर्माण भएको थियो हाम्रो ब्रम्हाण्ड


– दीपेन्द्र न्यौपाने

यो ब्रम्हाण्ड उत्पति हुनुअगाडि सुरुमा व्ल्याक स्पेस मात्रै थियो । अर्थात्, यस ब्रम्हाण्डमा निष्पट्ट कालो खाली ठाउँ मात्रै थियो । कालो ठाउँ डियान भन्ने तत्वबाट बनेको हुन्छ जुन ब्रम्हाण्डको आधार पनि हो यसमा गुरुत्वाकर्षणीय गुण हुन्छ र यो घनत्वविहीन तथा स्थिर अवस्थामा रहन्छ ।

ब्रम्हाण्ड अन्धकार हुनुको पछाडि यसमा रहेका चार तत्वहरूको परिणाम हो । जसका कारण यो कालो देखिन्छ । यी चार तत्वहरूमा पिटो, एनटो, ब्ल्याटा ग्ल्यासी, जस्ता तत्वहरू पर्दछन् जुन डियानसँग बाहेक एकअर्कामा प्रतिक्रिया गर्न सक्दछन् । प्रतिक्रियापछि उत्पन्न कुनै विशेष तत्वसँग चाहिँ डियानले पनि प्रतिक्रिया गर्न सक्दछ र कुनै नयाँ तत्वको निर्माण गर्न सक्दछ । जम्मा यी ५ तत्वहरूको कारणबाट यस ब्रम्हाण्डको उत्पति भएको देखिन्छ ।

१) डियान – यो ब्रमाण्डमा रहेका ५ तत्वहरू मध्य एक महत्वपुर्ण तत्व हो । यो घनत्वविहीन हुन्छ तथा अन्य प्रभाव नपरुन्जेल यो स्थिर अवस्थामा रहन्छ तर जब अन्य दबाब उत्पन्न हुन्छ वा पर्न थाल्छ त्यसपछि यसमा पनि थोरै चाल देखापर्दछ । प्रायजसो अवस्थामा यो स्थिर नै रहन्छ र यसमा गुरुत्वाकर्षणीय गुण हुन्छ ।

२) पिटो – यो ब्रम्हाण्डमा चाल अवस्थामा रहन्छ तथा यसले जुन पदार्थसँग प्रतिक्रिया गर्दछ त्यसलाई गति प्रदान गर्ने काम गर्दछ यसको गति अत्यन्तै धेरै हुन्छ अथवा प्रकाशको गतिभन्दा धेरै बढि हुन्छ फोटोनहरू लाई गतिदिने काम पनि पिटोले नै गर्दछ (पिटो तथा टोनसँगको प्रतिक्रियाबाट फोटोन पैदा हुन्छ, यसरी प्रतिक्रिया गर्दा पिटोको गति घट्न गइ प्रकाश वा फोटोनको गति ३०००००० किमीप्रति सेकेण्ड हुन जान्छ) भने डियानसँग चाहिँ यसले प्रतिकृया गर्न सक्दैन ।

३) एनटो – स्थिर अवस्था वा चाल अवस्थामा रहेको तत्वहरूसँग प्रतिक्रिया गरी घनत्व प्रदान गर्ने काम गर्दछ । डियानसँग चाहि यसले पनि प्रत्यक्ष प्रतिकृया गर्न सक्दैन ।

४) ब्ल्याटा – एनटोसँगको प्रतिक्रियामा घनात्मक गुण तथा घनत्व पैदा गर्दछ । पिटोसँगको प्रतिक्रियामा यो चाल अवस्थामा रहन्छ ।

५) ग्ल्यासी – पिटोसँगको प्रतिक्रियामा ऋणात्मक गुण पैदा गर्दछ तथा एनटोसँगको प्रतिक्रियामा यसमा घनत्व पैदा हुन्छ ।

यसरी व्ल्याक स्पेसमा रहेका यी पाँच तत्वहरू बीचको निरन्तरको प्रतिक्रियाबाट यी तत्वहरूमा चाल तथा घनत्व पैदा हुन्छ तथा आकर्षण शक्ति वा गुरुत्वबलको विकाश हुन्छ, जसका कारणले एक अर्कामा टाँसिएर बस्न थाल्दछन् र आफुनजिक भएका यस्तै तत्वहरूसँग मिल्दछन् । जसले गर्दा एक प्रकारको चाप तथा घनत्व पैदा हुँदै जान्छ ।

करोडौँ वर्षसम्मको प्रतिक्रिया तथा चालको कारणले गर्दा यसको आकार, घनत्व र गुरुत्वाकर्षण बल बढ्दै जान्छ । सतहमा भएका सम्पुर्ण तत्वहरूलाई यसले केन्द्रतर्फ आकर्षण गर्दछ र डार्क होलको रुपमा विकास हुँदै जान्छ । यसरी ब्रमाण्डमा सर्वप्रथम डार्क होलको जन्म हुन पुग्दछ । यो प्रक्रिया करोडौँ, अर्बौं वर्षसम्म जारी नै रहन्छ र विशाल डार्क होलको निर्माण हुन पुग्दछ ।

यही प्रक्रियाअनुसार ब्ल्याक स्पेसमा अनेकौँ विशाल डार्क होलको निर्मण भइसकेपछि तीन अवस्था देखा पर्दछ ।

१) दुई डार्कहोल बीच टकराव
२) डार्क होल बिष्फोट
३) डार्क होल प्रज्वलन

१) दुई डार्कहोल बीच टकराव – ब्ल्याक स्पेसमा निर्माणभएका डार्कहोलहरू आफ्ना असीमित घनत्व, चाल तथा गुरुत्वबलका कारण एकअर्कामा टकरावको स्थिति उत्पन्न हुन जान्छ र एकअर्कामा टकराउँछन् । यहि टकरावका कारण बिष्फोट हुन्छ र ब्ल्याक स्पेसको धेरै टाढा–टाढाको क्षेत्रसम्म फैलँदै छरिन पुग्दछन् । तत्पश्चात सयौँ वर्ष लगाएर रसायनिक प्रतिक्रिया गर्दै फेरि ती तत्वहरू एकत्रित हुन थाल्दछन् र पिण्डमा परिणत हुन्छन् । पिण्डको घनत्वको आधारमा आफुमा भएको गुरुत्वआकर्षण बलका प्रभावले एकअर्कामा समाहित हुँदै एउटा आकार र क्षेत्रफल प्राप्त गर्दछन्, यसरी साना तथा ठुला पिण्डहरूको निर्माण हुन पुग्दछ । यसरी निर्माण भएका पिण्डहरू झुण्डका रुपमा रहन थाल्दछन्, जुन पिण्डमा अझै पनि सक्रिय उर्जा बाँकी रहन्छ त्यस्ता पिण्डहरू ताराको रुपमा विकशित हुन्छन् भने जुन पिण्डमा निस्कृय वा अर्धसक्रिय उर्जा बाँकी रहन्छ त्यस्ता पिण्डहरू ग्रह तथा उपग्रहको रुपमा विकाश हुन्छन । दुई डार्क होलहरू टकराएको केन्द्रिय स्थानमा अझै पनि केन्द्रित शक्ति बाँकी रहने हुँदा यसका प्रभावले विखरित भई निर्माणभएका पिण्डहरूले यसलार्ई केन्द्र बनाई परिक्रमा गर्ने गर्दछन् । बिष्फोटको समयमा डियानमा एक प्रकारको तरङ्ग पैदा हुन्छ, त्यही तरङ्गलार्ई आफ्नो बाटो बनाएर केन्द्रिय स्थानमै परिक्रमा गर्न थाल्दछन् ।

२) डार्क होल बिष्फोट – ब्ल्याक स्पेसमा निर्माण भएका डार्क होलहरूले रसायनिक प्रतिक्रियाबाट निर्मित विभिन्न किसिमका तत्वहरूलाई असीमित गुरुत्वआकर्षण बलका कारण केन्द्रमा खिच्न थाल्दछ र यो खाँदिँदै जान्छ । लाखौँ वर्षको यो प्रकृयापछि आफ्ना असीमित घनत्व र चालका कारण यसमा असीमित चाप पैदा हुन जान्छ र जिरो रजिस्टेन्सको स्थितिमा पुग्दछ । यो अवस्थालाई अहिले कल्पना गरिएको ह्वाइट होलको स्थितिसँग तुलना गर्न सकिन्छ यो अवस्थामा पुगेको डार्क होलले आफुमा रहेको कुनै पनि तत्वलाई नियन्त्रणमा राख्न सक्दैन र केन्द्रबाट सतहतर्फ विकर्षण गर्न थाल्दछ वा फ्याँक्न थाल्दछ । यो अवस्था क्षणिक समयको लागि मात्र हुन्छ, वा भनौँ केही सेकेण्ड या केही मिनेट मात्र र यो स्वयम् बिष्फोट हुन पुग्दछ ।

यो विष्फोटका कारण यसमा रहेका तत्वहरू बिखरित हुन जान्छन् । त्यसपछि माथिकै प्रकृयाअनुसार सयौँ वर्षपछि ती तत्वहरू साना–साना झुण्डका रुपमा फेरि एकत्रित हुन थाल्दछन् र साना–ठुला पिण्डको निर्माण हुन पुग्दछ । जुन पिण्डमा अझै पनि सकृय उर्जा बाँकी रहन्छ त्यस्ता पिण्डहरू ताराहरूको रुपमा विकशित हुन्छन भने जुन पिण्डमा निस्कृय वा सुसुप्त उर्जा बाँकी रहन्छ त्यस्ता पिण्डहरू ग्रह तथा उप–ग्रहको रुपमा विकाश हुन्छन् । डार्क होलको केन्द्रिय स्थानमा अझै पनि केन्द्रित शक्ति बाँकी रहने हुँदा यसका प्रभावले बिखरीत भई निर्माण भएका पिण्डहरूले यसलाई केन्द्र बनाई परिक्रमा गर्ने गर्दछन् ।

३) डार्क होल प्रज्वलन – जब डार्कहोलमा आफ्ना असीमित घनत्व र चाल का कारण चाप पैदा हुँदै जान्छ यसमा उर्जाको विकाश हुन पुग्दछ र असीमित उर्जा पैदा हुन थाल्दछ । निरन्तरको रसायनिक प्रतिक्रिया र असीमित चापका कारण डार्कहोल ह्वाइट होलको स्थितिमा पुग्नुपूर्व नै यसमा पैदा भएका उर्जा सकृय हुन थाल्दछ जसबाट ताप र प्रकाश उत्पन्न हुन थाल्दछ । अनि डार्कहोलको चाप स्थिर रहन थाल्दछ । लाखौँ वर्षपछि यसमा चाप कम हुँदै जान्छ र यो एक आगोको डल्लाको रुपमा परिणत हुन्छ र तारा को रुप धारण गर्दछ । यो प्रकृया बाट निर्माण भएका ताराहरू तुलनात्मक रुपमा बढि चम्किला र ठूला आकारका हुन्छन् तथा यस्ता ताराहरूले कुनै पनि पिण्ड वा बस्तुलाई परिक्रमा गर्दैनन् आफ्नै अक्षमा मात्रै धिमा गतिमा परिक्रमा गर्दछन् ।

अहिले ब्रमाण्डमा जति पनि बढि चम्किला र ठूला तथा कुनै पनि बस्तुलाई परिक्रमा नगर्ने आफ्नै अक्षमा मात्रै धिमा गतिमा परिक्रमा गरिरहने खालका ताराहरू छन् ति सबै यहि प्रकृयाबाट निर्माण भएका ताराहरू हुन् । यसरी निर्माण भएका ताराहरू कालान्तरमा गएर आफ्नो सम्पुर्ण उर्जा गुमाइसकेपछि एउटा ठुलो ग्रहका रुपमा पनि विकास हुन सक्दछ वा यसमा चापका कारण वा अन्य कारणले बिष्फोटको स्थिति आएर छुट्टै तारामण्डल वा सौर्य प्रणालीको निर्माण पनि हुन सक्दछ ।

यसरी आजको हाम्रो ब्रम्हाण्ड निर्माण भएको हो । त्यस्तै हाम्रो आकाशगंगा तथा आकाशगंगासँग मिल्दा जुल्दा आचरण भएका साना तथा मझौला खालका तारामण्डलहरू डार्कहोल बिष्फोट प्रकृयाबाट निर्माण भएका तारामण्डलहरू हुन् जसले केन्द्रिय शक्तिका रुपमा अबसेपा ब्ल्याकहोल वा ब्ल्याकहोलीय प्रभाव भएको क्षेत्रलाई परिक्रमा गर्दछन् । भने दुइ डार्क होलबीच टकराबबाट निर्माण भएका तारामण्डलहरू विशाल तथा दुई वा दुईभन्दा बढि तारामण्डलहरू पनि हुन सक्दछन्, जसले बिष्फोटका बेला उछिट्टिएर बनेका ब्ल्याकहोलीय प्रभाव भएका पिण्ड वा क्षेत्रलाई परिक्रमा गर्दछन् ।

ब्रमाण्डमा यो प्रकृया निरन्तर जारी रहने भएकोले ब्रमाण्ड निरन्तर विस्तारको प्रकृयामा रहन्छ । ब्ल्याकहोल तथा यसको प्रभावले कुनै तारामण्डल नष्ट हुन सक्छ तर पुरै ब्रमाण्डको अन्त्य हुन सक्दैन त्यसो त कुनै तारामण्डल कुनै ब्ल्याकहोलमा समाहित भएर नष्ट भएपनि उक्त ब्ल्याकहोलमा माथिकै प्रकृयाअनुसार पुनः दुई ब्ल्याक होलबीच टकरावको स्थित वा ब्ल्याकहोल बिष्फोटको स्थिति आउँछ र फेरि सोही स्थानमा नयाँ तारामण्डलको जन्म हुन जान्छ जुन पहिलाको भन्दा ठुलो पनि हुन सक्दछ । त्यसैले यो एउटा प्रकृया भएकोले यो निरन्तर चलि नै रहन्छ ।