कालो हिरण काण्डमा सलामानलाई पाँच वर्ष जेल

कालो हिरण काण्डमा सलामानलाई पाँच वर्ष जेल


चर्चित कालो हिरण शिकार काण्डका बहुचर्चित आरोपी बलिउडका अभिनेता सलमान खान दोषी ठहरिएका छन् । उनलाई जोधपुर (भारत) अदालतले दोषी सावित गर्दै पाँच वर्षको सजाय सुनाएको हो । अदालतले सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु, निलमलाई भने सफाई दिएको छ । सलमानलाई आजै जोधपुरको सेन्ट्रल जेल पठाइएको छ ।

तर, अदालतले फैसला सुनाएको केही समयपश्चात नै सलमानलाई जमानत प्राप्त भएको छ । सलमान दोषी ठहरिएपछि उनलाई अदालतले दश हजारको जरिवाना लगाएको थियो । सलमानलाई दोषी सावित गर्नुअघि उनका वकिलले कम सजायको लागि अदालतसमक्ष अपिल गरेका थिए ।

अदालतले फैसला सुनाउनु एकदिनअघि आरोपी सलमान खान, सैफ अलि खान, तब्बु, नीलम र सोनाली बेन्द्रे जोधपुर पुगेका थिए । सुरज बडजात्याको फिल्म ‘हम साथ साथ है’ को सुटिङको दौरान यो घटना घटेको थियो । २ अक्टुवर १९९८ मा जोधपुरको कान्काणी गाउँमा दुई कालो हिरणको शिकार गरेको आरोप सलमानसहित अन्य फिल्मका कलाकारलाई लागेको थियो ।

सलमानलाई कालो हिरण वाहेक अवैध हतियार राखेको आरोप पनि लागेको थियो । तर लाइसेन्स अवधि समाप्त भएको हतियार राखेको आरोपमा भने सलमानलाई अदालतले सफाई दिएको छ । सलमानका विरुद्धमा जोधपुर अदालतमा चारवटा केस दर्ता भएकोमा तीनवटामा सफाई पाएका छन् ।

२० बर्षदेखि चल्दै आएको चर्चित कालो हिरण काण्डको जोधपुर अदालतले सलमानलाई दोषी प्रमाणीत गर्दै फैसला सुनाएपछि १ बर्षदेखि ६ बर्षसम्मको सजाय हुने अड्कल काटिए पनि अदालतले दुई वर्षको मात्र सजाय सुनाएको छ ।