युएनले सार्वजनिक गऱ्यो दाउदसहित १३९ आतङ्कवादीको सूची

युएनले सार्वजनिक गऱ्यो दाउदसहित १३९ आतङ्कवादीको सूची


संयुक्त राष्ट्र सुरक्षा परिषदले आतङ्कवादीहरुको ताजा लिस्ट सार्वजनिक गरेकोे छ । उक्त लिस्टमा सन १९९३ मा मुम्बई बम ब्लास्टका आरोपी अण्डर वल्र्ड डन दाउद इब्राहिमको नाम पनि समावेश गरको छ । साथै, पाकिस्तान बसेर आतङ्कवादी गतिविधिमा सक्रिय आतङ्की समुहको नाम समेत उक्त लिस्टमा रहेको छ ।

युएनले जारी गरेको १ सय ३९ जना पाकिस्तानी आतङ्कवादीहरुमा दाउद इब्राहिम, लश्कर–ए–तोयवाका मुखिया हाफिज सईद र जमात–उद–दावाको नाम पनि समावेस छ । त्यस्तै दाउद भारतीय नागरिक भएर पनि पाकिस्तान पासपोर्ट प्रयोग गर्दै आएको र रावलपिण्डी र कराँचीमा बस्दै आएको उल्लेख गरेको छ । त्यस्तै दाउदको कराँचीमा आलिशान बंगला रहेको पनि खुलासा गरको छ ।

युएनको सूचीमा हाफिज सईदलाई लश्कर–ए–तयवाको ‘लेट’ नेता भनिएको छ भने उनका सहयोगी जकी–उर–रहमानलाई यो लिस्टमा राखेको छ । त्यस्तै लश्करका अन्य सदस्यहरुमा हाजी मोहम्मद अशरफ, मोहम्मद बयाजिक, आरिफ कास्मनी, मोहम्मद याहा मुजाहिद, अब्दुल सलाम र जफर इकबाल सामेल छन् ।

त्यस्तै अमेरिकाले मिल्ली मुस्लिम लीग पार्टीलाई आतङ्कवादी संगठन घोषित गरेको छ । मिल्ली मुस्लिम लीग पार्टी मुम्वईमा हमला गर्नेको मास्टर माइण्ड हाफिज सईदको पार्टी हो । त्यस्तै अमेरिकाले मिल्लीका सात सदस्यलाई विदेशी आतङ्कवादीको रुपमा नामाङ्कित गरेको छ । यसको अवाला अमेरिकाले आतङ्कवादीको संगठनको सूचीमा तहरीक–ए–आजादी–ए–काश्मिर पनि राखेको छ ।