अमिताभ फेरि ‘कौन बनेका करोडपति’को होस्ट गर्दै

अमिताभ फेरि ‘कौन बनेका करोडपति’को होस्ट गर्दै


भारतको सवैभन्दा ठूलो रियालिटी शो ‘कौन बनेगा करोडपतिको १०औं संस्करण छिटै आरम्भ हुन लागेको छ । सम्बन्धित व्यवस्थापनले यसको आधिकारिक घोषणा अहिलेसम्म नगरे पनि आउँदो साता घोषणा गर्ने स्रोतले दाबी गरेको छ । प्राप्त जानकारीका अनुसार यो संस्करणमा पनि बलिउडका महानायक अभिताभ बच्चनले यो शोको होस्ट गर्ने भएका छन् ।

१० औं संस्करण शुरुभन्दा पहिले नै घरमा बसेर कौन बनेका करोडपति हेर्न र सहि जवाफ दिने व्यक्तिले दिनमा १ लाख रुपैयाँ ज्याक पोर्ट जित्न सक्ने संचालक समितिले ब्यवस्था मिलाएको छ । त्यसको लागि प्रत्येक व्यक्तिले kbc–sonyliv.in वेबसाइडमा गएर रजिष्ट्रेसन गर्नुपर्नेछ ।

कौन बनेका करोडपतिको १० औं संस्करणको आरम्भ अगस्त र सेष्टेम्बरमा हुनसक्ने स्रोतले जनाएको छ । त्यो वाहेक हट सिटमा वस्नको लागि अडिसनको तयारी भैरहको स्रोतले जनाएको छ ।

कौन बनेगा करोडपति भारतको सबैभन्दा चर्चित र लोकप्रिय रियालिटी शो हो । जस्ले भारतमा मात्र नभै विश्वका अन्य मुलुकमा समेत चर्चा र लोकप्रियता पाउन सफल भएको छ । नेपालमा पनि यो शो निकै लोकप्रिय छ ।