साम्राज्ञी भइन् ब्राण्ड एम्बेस्डर !

साम्राज्ञी भइन् ब्राण्ड एम्बेस्डर !


नेपाली सिनेमाकी चर्चित एवम् युवापुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरको नियुक्त भएकी छिन । उनलाई एक वर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्थाका शाखा काठमाडौंको पुतलीसडक लगायत अन्य शहरहरूमा रहेका छन् ।

ब्राण्ड एम्बेष्टर नियुक्त भएपछि अभिनेत्री शाहले भनिन्- ‘एजुकेशन क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाएकोमा खुशी लागेको छ।’

ब्राण्ड एम्बस्डर भएपछि नायिका शाहले एजुकेशन एण्ड माइग्रेसन कर्नरको विभिन्न कार्यक्रममा सहभागिता जनाउने छिन् ।

‘साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाएकोमा हामी गौरवान्वित छौँ’- एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले भने ।