भारतमा आदिवासी जनजातिको हिंसात्मक प्रदर्शन, आठको मृत्यु

भारतमा आदिवासी जनजातिको हिंसात्मक प्रदर्शन, आठको मृत्यु


सुप्रिम कोर्टले गरेको एक फैसलाविरुद्ध भारतका दलित तथा जनजाति समुदायका मानिसले गरेको प्रदर्शनमा आज आठ जनाको ज्यान गएको छ । मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थान हरियाणा, झारखण्ड प्रदेशमा भएका प्रदर्शनलाई नियन्त्रण गर्न लाग्दा सुरक्षाकर्मी र प्रदर्शनकारी बीच भएको हिंसात्मक घटनामा परेर आठको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

यसरी हिंसात्मक घटना सिर्जना हुनुमा दलित तथा जनजाति समुदायविरूद्ध हुने ज्यादतीका घटनाहरूमा पक्राउ गर्दा थप जाँच गरिनु पर्ने भनी सर्वोच्च अदालतले हालै गरेको निर्णयले काम गरेको बताइएको छ । यस्तो फैसलाले आफूहरूमाथिको आक्रमणमा वृद्धि हुने भन्दै दलित तथा जनजाति समुदायले प्रदर्शन शुरु गरेका हुन् ।

बताइएअनुसार सर्वोच्च अदालतले सूचीकृत वर्ग वा सूचीकृत जातिका विरुद्ध हुने ज्यादती रोकथामसम्बन्धी ऐनमा तत्काल गिरफ्तार गरिन नहुने भनेको थियो।सो निर्णयबाट क्रुद्ध दलित संगठनहरूले सोमबार भारत बन्दको आह्वान गरेका थिए।

तस्बिर एजेन्सीहरु