बेलायतको सरकारी कलेजमा नेपाली गभर्नर

बेलायतको सरकारी कलेजमा नेपाली गभर्नर


नेपालबाट नेपालीहरु विदेशिने क्रमसँगै विदेशमा नेपालीले आफुलाई विभिन्न स्तरमा स्थापित गर्दै गइरहेका पाइन्छन् । अध्ययन-अध्यापन, आ-आफ्नो ब्यवसायसंगै राजनीतिक रुपमा मेयर, काउन्सिलर जस्ता स्थानमा नेपालीहरुले आफुलाई स्थापित गरेका छन् ।

यही सिलसिलामा बेलायतवासी एक नेपालीले हालै बेलायतस्थित ह्याम्प्सायरको बेजिंगस्टोकस्थित आधा शताब्दी पुरानो सरकारी कलेजमा गभर्नरको रुपमा नियुक्ति पाएका छन् । बेलायतमा ब्यवसायिक एवम् समाजसेवीको रुपमा परिचय बनाएका शिवजी श्रेष्ठलार्इ क्रान्बोर्न बिजिनेस एण्ड इन्टरप्राइज कलेज, बेजिंगस्टोकको गभर्निंग बडीले चार बर्ष (२०१८-२२) को लागि गभर्नर नियुक्त गरेको हो ।

विद्यालय स्तरमा अन्य केही नेपालीले गभर्नरको रुपमा कार्य गरे पनि कलेज स्तरमा सायद उहाँ नै पहिलो नेपाली गभर्नर हुनुभएको अनुमान गरिएको छ ।

श्रेष्ठले गभर्नरको रुपमा गभर्निङ बडीमा रहेर कलेजको प्रमुख, उप-प्रमुखको नियुक्तिदेखि कलेजको भिजन, योजना एवम नीति निर्माण, कलेजको आर्थिक ब्यवस्थापन, कलेजको स्तर, कार्यसम्पादनको सुपरिवेक्षण लगायतका कार्यहरुमा सहभागी हुनुपर्ने जानकारी मिलेको छ ।