ठग पत्रकार अमेरिकी दूतावासद्वारा ठहरै

ठग पत्रकार अमेरिकी दूतावासद्वारा ठहरै


जसरी डाक्टर वा इन्जिनियर हुनु पैसा र प्रतिष्ठा दुवै दृष्टिले राम्रो इलम मानिन्छ, उसैगरी पत्रकार हुनुको अर्थ बौद्धिक वृत्तबाट सधैं राज्यलाई खबरदारी गर्ने गरिमामय पेसा ठानिन्छ । तर, कतै भीख मागेर खानुपर्ने मान्छे वा सौदाबाजीका भरमा कमाउने नियतको मान्छे पत्रकार भइदियो भने अप्रेसनका नाममा बिरामीको घाँटी रेटेर मारिदिने एउटा डाक्टरभन्दा मागीखाने पत्रकार राज्यका लागि लाख गुना घातक हुन्छ । काठमाडौंको पत्रकारितामा दीपक पाठक नाम भएको एउटा फुच्चे पत्रकारको आवरणमा जति घृणा गर्दा पनि नपुग्दो निरि्घणी देखिएको छ ।
आजभन्दा ३० वर्षअगाडि कात्तिक २७ गते जन्मिएको दीपक पाठक थर्ड डिभिजनवाला केटो हो, जसले पद्मोदय हाइस्कुलबाट एसएलसी र पत्रकारिता विषयमा रत्नराज्यमा पढेको थियो । आफ्नो मात्र होइन, बाबुबाजेको नाममा समेत नेपालको कुनै पनि ठाउँमा जमिन, बसोबास नभएको व्यक्ति हो ऊ । अर्थात्, सिक्किम हो उसको पुख्र्यौली थलो । दमकस्थित मावली घरमा हर्ुर्किएको उसले झापाकै महारानीभोडा गाविस- ५ बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । यो देशमा उसको पिता-पर्ुखाको नामोनिसान नभए पनि ऊ भने काठमाडौंमा आज ५० लाखको गाडी चढेर हिँड्ने गर्दछ । उसको बसोबास गैह्रीगाउँ, तीनकुनेमा छ । एकजना गिरीको घरको दोस्रोतल्लामा उसले महिनाको १२ हजार भाडा तिर्ने गरी पाँच कोठा लिएको छ । आफू एक्लो ज्यान तर कोठा पाँचवटा । किन चाहियो यतिधेरै कोठा ? यसको रहस्य पनि गजबको छ । केही महिनाअगाडि उसले भाइ दिनेशलाई भाँडा माझन कतार पठायो । र, बुहारीलाई आफूसँगै राख्यो । जताततै चाख्ने बानी लागेको उसले यसक्रममा बुहारीलाई पनि छाड्ने कुरै थिएन । अति भएपछि बुहारी अघिल्लो महिना रुँदै कराउँदै मोरङ गोठगाउँस्थित माइतीघर पुगेकी छिन् । बाजेको सेकुवा र काल्र्र्सबर्ग बियरमा महिनाको औसत ५० हजार उडाउने ऊ आफ्नो धन्दाको पोल खुल्दै गएपछि अस्ति सोमबार साँझ पौने ७ बजे बालकोटस्थित एमाले नेता केपी ओलीको घरमा छाँद हाल्न पुगेको थियो ।
एकताका ‘राष्ट्रव्यापी’ मासिक चलाउँथ्यो, तर त्यसबाट सुकेधन्दा नचलेपछि ऊ मलेसिया भासियो, भाँडा माझ्न । नेपालमा ‘पत्रकार’ भएर दुनियाँलाई थर्काउँदै हाताहाती पैसा झार्ने बानी बसेको उसलाई विदेशमा भाँडा माझ्न सजिलो लाग्ने कुरै थिएन । यर्सथ, ऊ केही समयमै नेपाल फर्कियो र कामरेड केपी ओली जिन्दावाद भन्दै ‘मार्गदर्शन’का नाममा पैसा छाप्ने धन्दामा सक्रिय हुन थाल्यो । शाहीकालमा टंक ढकालसँग लठारिएर हिँड्ने गरेको उसले दरबारको हण्डी खाएको विवरण श्रीषशमशेर राणा अहिले पनि निर्धक्कसँग बताउँछन् भने मण्डलेहरूले खोलेको राष्ट्रिय पत्रकार महासङ्घको काठमाडौं जिल्ला कोषाध्यक्षका रूपमा उसले बटुलेको पैसाको हिसाब-किताब फेला नपर्दा निरोधराज पाण्डे र जीवराम भण्डारी चकित छन् । झापाली कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला उसले सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक वासुदेव वली र नेपाल प्रहरीका ओमविक्रम राणाबाट गतिलै महिनावारी बुझने गरेको यथार्थ दुर्जकुमार राई र दीपक खरेललाई सोधे र्छलङ्ग हुन्छ । काइँलो मामा मेदिनीको निम्तोमा एसोसिएसन अफ नेप्लिज् इन अमेरिका -आना) को सम्मेलनमा भाग लिन भर्जिनिया जान खोज्दा गत जुनमा अमेरिकी दूतावासले उसलाई भिसा दिन मानेन । यसको कारण थियो, फेरि पनि ब्ल्याकमेलिङ पत्रकारिता, अर्थात् स्वदेशीलाई त रुवायो-रुवायो, अन्टसन्ट लेखेर उसले विदेशीलाई पनि बाँकी राख्दोरहेनछ । महाराजगञ्जस्थित अमेरिकी दूतावासभित्र अवैधानिक रूपमा हजारौँ केजी विस्फोटक पदार्थ लुकाएर राखिएको भनी काल्पनिक कथा लेखेबापत अमेरिकीहरू ऊसँग आगो भएका रहेछन् ।
दरबारमार्गस्थित ग्लोबल बैंकका नाममा निकालिएको बा.६च ९३९० नम्बरको टोयोटा यारिस कार चढ्ने ऊ सानोठिमीको श्यामाश्यामाधामस्थित सशस्त्र प्रहरीको पेट्रोलपम्पबाट मासिक १५ हजारको पेट्रोल उठाउँछ सित्तैमा । तीनकुनेस्थित पाँचतल्ले कार्यालयको भाडा महिनाको ५० हजार तिर्छ । हरेक साँझ बियर र सेकुवामा औसत दुई हजार उडाउँछ । अन्डरवेयरलगायतका सबै सामान खरिद गर्न भाटभटेनी सुपरमार्केट पुग्छ । यसरी एउटा ठग मासिक दुई लाख पकेट खर्च गर्ने हैसियतमा पुगेको छ भने भन्नैपर्ने हुन्छ, यहाँ देश र जनता गरिब भए पनि पत्रकारको पगरी गुथ्नेहरूचाहिँ राम्रैसँग धनी हुन थालेछन् ।
– गोपाल श्रेष्ठ, सतासीधाम, झापा