‘मुटु अस्पतालमा २४सै घन्टा डायलाइसिस सेवा

‘मुटु अस्पतालमा २४सै घन्टा डायलाइसिस सेवा


– चन्द्रकान्त खनाल

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सात दिन २४सै घन्टा डायलाइसिस सेवा सुरु भएको छ । १७ वटा मेसिनबाट दैनिक ५२ जना मृगौलाका बिरामीहरुको डायलाइसिस गर्दै आएको अस्पतालले बिरामीको चाप बढेपछि पहिलो चरणमा ८ वटा मेसिनबाट २४ घन्टा सेवा सुरु गरेको अस्पतालले जनाएको छ । अस्पतालमा अब दैनिक ७० जना बिरामीलाई डायलासिस सेवा प्रदान गर्न सकिने अस्पतालका मृगौलारोग विशेषज्ञ डा. रजत कायस्थले जानकारी गराए ।

अस्पतालले सीघ्र नै थप १५ वटा मेसिन जडान गरी सेवालाई विस्तार गर्ने योजना बनाएको छ । मृगौलाका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको हुँदा रोगको रोकथामका लागि प्रत्येक महिनाको अन्तिम साता लाई ‘सेभ द किड्नी’ नाराका साथ मनाउने र साताभरी मृगौलाको परीक्षणमा ५० प्रतिशत छुट दिने अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

मृगौलारोग विशेषज्ञ डा. रजत कायस्थले हरेक १० जनामा एकजनालाई मृगौलाको समस्या रहेको र मृगौलाले ७० प्रतिशतभन्दा बढि काम गर्न छाडिसकेपछि मात्र रोगको लक्षणहरू देखा पर्न थाल्ने भएकोले वर्षमा दुईपटक वा कम्तीमा उकपटक मृगौलाको परीक्षण गराउनु अनिवार्य रहेकोे बताए ।