सिड्नीको इपी अब चितवनमा पनि

सिड्नीको इपी अब चितवनमा पनि


अष्ट्रेलियाको सिड्नीबाट आफ्नो यात्रा शुरू गरेको इपी एजुकेशन सिड्नी, काठमाडौं र विर्तामोडपछि चितवन पुगेको छ । नारायणगढस्थित लायन्स चोकमा इपी एजुकेसन अष्ट्रेलिया सञ्चालनमा आएको छ ।

एक कार्यक्रमकाबीच शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय सदस्य सोमबहादुर कँडेललेले संयुक्त रुपमा इपी एजुकेसन अष्ट्रेलियाको समुद्घाटन गरेका छन् । कार्यक्रममा नेपाली मुलका अष्ट्रेलियन वकिल खिलेन्द्र तिमिल्सिना, इक्यान चितवन चितवनका अध्यक्ष भानुभक्त खरेल, इपी एजुकेसन अष्ट्रेलिया काठमाडौं शाखाका अप्रेशन हेड सुरज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।आईएलटिएस गराई अष्ट्रेलिया पठाउन र विद्यार्थीका लागि परामर्श दिने उद्देश्यले एजुकेसन अष्ट्रेलीया सञ्चालनमा ल्याइएको शाखा प्रमुख रन्जन पौडेलले जानकारी दिए ।

यस कन्सलटेन्सीबाट अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भाषासँगै कलेज र देशको सम्पूर्ण आधारभूत जानकारी गराइने प्रमुख पौडेलले बताए। सन् २०१५ स्थापना भएको इपी एजुकेसन अष्ट्रेलियाको मूख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ ।

राजन घिमिरे, अष्ट्रेलिया