सिड्नीमा ‘शत्रु गते’को प्रदर्शनी

सिड्नीमा ‘शत्रु गते’को प्रदर्शनी


– राजन घिमिरे, अष्ट्रेलिया

प्रदर्शनको हिसाबले नेपालमा वाहवाही कमाएको चलचित्र शत्रु गतेले नेपालको उक्त साखलाई सिड्नीमा पनि निरन्तरता दिएको छ । शुक्रबार नेपालमा रिलिज भएको यो चलचित्र शनिबार सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमा हलमा प्रदर्शन गरियो ।

पहिलो शो हाउसफ़ुल भएर टिकट शोल्डआउट भएपछि आइतबार थप दुई शो राखिएको छ । थप दुइ शोको टिकट पनि शोल्डआउट हुने अवस्था रहेको चलचित्रको सिड्नी प्रस्तुतकर्ता फोर नेशन्स इन्टरनेशनलका कोमल पाठकले जानकारी दिए । चलचित्रको इभेन्ट संयोजन शायन इन्टरटेनमेन्टले गरेको थियो ।

एक टिकटको दर २५ अष्ट्रेलियन डलर अर्थात नेपाली रूपैयाँ दुई हजार राखिएको उल्लेख गर्दै आयोजक पक्षले अहिले तीन शो र थप शोहरू पनि हुने परिस्थिति निम्तिएको बताएको छ ।

नेपालसँगै रिलिज भएको चलचित्र हेर्न पाउँदा सिड्नीवासी नेपालीहरू पनि कम दंग थिएनन्न । प्रवासमा नयाँ चलचित्र तरोताजा हेर्न पाउँदा निकै आननद लागेको प्रतिक्रिया दिए एक दर्शक सन्तोष पाठकले । अष्ट्रेलियामा पहिलोपटक बलिदान चलचित्र ल्याएर देखाएका मन केसीको पनि खुशीको सीमा थिएन । ‘करिब २० बर्षअगाडि मैले सिड्नीमा महकै अभिनय रहेको चलचित्र बलिदान लेराएको थिएँ । आज २० वर्षपछि उहाँहरूकै अभिनय रहेको चलचित्र हेर्न र सहकार्य गर्न पाएँ । निकै खुशी लागेको छ,’ उनले भने ।