५८ रनमा इङ्गल्याण्ड अल आउट

५८ रनमा इङ्गल्याण्ड अल आउट


न्युजिल्याण्ड र इङ्गल्याण्डबीच अकल्याण्डमा सञ्चालन भैरहेको पहिलो टेष्ट म्याचको पहिलो इनिङमा इङ्गल्याण्ड ५८ रनमा समेटिएको छ । जुन टेष्ट क्रिकेटको १ सय ३० वर्षको इतिहासमा सबैभन्दा सर्मनाक रेकर्ड हो ।

न्युजिल्याण्डले केवल डेढ घण्टामा इङ्गल्याण्डको पारी समाप्त गरेको थियो । दुई घण्टा पनि इङ्गल्याण्डलाई मैदानमा टिक्न नदिनका लागि न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट र टीम साउदीले उत्कृष्ट बलिङ गरेका थिए ।

म्याचमा बोल्डले ६ विकेट र साउदीले ४ विकेट लिएका थिए । टस जितेर न्युजिल्याण्डले पहिलो बलिङ गरेको थियो ।