प्रधानमन्त्री ओलीको निर्देशन कार्यान्वयन शुरु

प्रधानमन्त्री ओलीको निर्देशन कार्यान्वयन शुरु


प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ४ मा मन्त्रीहरुको समेत उपस्थितिमा नेपाल सरकारका सचिव र विशिष्ट श्रेणीका कर्मचारीलाई दिएको ५२ बुँदे निर्देशन पालनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कार्य शुरु गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को मर्मसहितको उक्त निर्देशनलाई लिपिबद्ध गरी बुधबार सार्वजनिक गर्दै सम्पूर्ण राष्ट्रसेवकले अक्षरशः पालना गर्न गराउन नेपाल सरकारका मुख्यसचिवले प्रतिबद्धता व्यक्त गरेको सो कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।