सनराइज बैंकद्वारा छात्रवृत्ति वितरण

सनराइज बैंकद्वारा छात्रवृत्ति वितरण


सनराइज बैंक लिमिटेडले बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । यसै क्रममा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले काठमाडौं उपत्यकाका लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड, ज्योतिकुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछकुमार यादव, रविन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरूकोे सहभागिता रहेको थियो ।