‘बिकिनी एयर होस्टेस’का कारण चर्चामा एयरलाइन्स

‘बिकिनी एयर होस्टेस’का कारण चर्चामा एयरलाइन्स


विश्वभरि ‘विकीनी एयरलाइन्स’को रुपमा परिचित भियतनामको viertjet एयरलाइन्सले भारतमा पनि आफ्नो सेवा शुभारम्भ गर्ने भएको छ । यो एयरलाइन्सले भियतनामको ची मीन सीटीदेखि भारतको राजधानी दिल्लीसम्म आफ्नो उडान भर्ने भएको छ । उडान आगामी जुन महिनादेखि हुनेछ ।

सो एयरलाइन्सले आफ्नो सेवा भारतमा सञ्चालन गर्ने भएपछि अहिले चर्चाको विषय बनेको छ । चर्चाको विषय बन्नुको कारण हो– ‘बिकिनी एयर होस्टेज’ । उक्त एयरलाइन्सका एयर होस्टेस सबैले ‘बिकिनी’ मात्र पहिरिएका हुन्छन् । जहाजमा उनीहरूले बिकिनी पहरिनमै यात्रुहरुलाई सेवा प्रदान गर्छन् । यो एयरलाइन्स विश्वभरिकै ‘सुन्दरी एयर होस्टेस’ भएको एयरलाइन्सको रुपमा पनि चिनिन्छ ।

viertjet एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान मात्र नभई भियतनामका विभिन्न शहरमा राष्ट्रिय उडान पनि गर्छ । राष्ट्रिय उडानहरुमा पनि बिकिनी लगाएका एयरहोस्टेसहरुले यात्रुहरुलाई सेवा प्रदान गर्छन् । एयर होस्टेजहरुको ‘ड्रेस कोड’ उक्त विमान कम्पनीकी सिइओ nguyen thi Phuong thao ले गर्ने गरेकी छिन् । उनी भियतनामकी अर्बपति महिला हुन् । केही समय पहिले यो एयरलाइन्सले विश्वचर्चित फुटबल टीमलाई स्वागत गर्ने क्रममा यिनै एयर होस्टेसलाई प्रयोग गरेर चर्चामा आएको थियो ।

विश्वमा यस्ता दसवटा एयरलाइन्स छन् जो ‘सुन्दर एयरहोस्टेस’का कारणले परिचित छन् । एक सर्वेका अनुसार त्यसमा पहिलो नम्बरमा इमिरेट पर्छ, यो एयरलाइन्सका एयर होस्टेजहरुलाई विश्वकै सुन्दर मानिन्छन् । त्यसपछि युनाइटेड एयरलाइन्स, हवाइन एयरलाइन्स, डेल्टा एयरलाइन्स, बर्जिन अमेरिका, एयर क्यानडा, अलास्का एयरलाइन्स, स्काई वेस्ट एयरलाइन्स र अमेरिकन एयरलाइन्स रहेका छन् । सुन्दर एयर होस्टेजका कारण उनीहरुले आफ्नो व्यापारमा बृद्धि गर्न सफल भएका छन् ।