चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने


दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ ।

जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिए ।

चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रदर्शनी, याक राइडिङ, चौँरी जन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिने जनाइएको छ ।

नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेको उक्त स्थानमा यो वर्ष १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताइएको छ ।

महोत्वमा नेपाल, भारत र भूटानबाट समेत ठूलो संख्यामा अवलोकनकर्ता आउने र नेपालको उच्च भूभागमा पालिँदै आएका चौँरीका विभिन्न प्रकारका उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउन समेत महोत्सवले सघाउने आयोजकको दाबी छ ।