ट्रक र ट्रिपरमा मापदण्डविपरीत ढालाको आयतन वृद्धि गर्दै व्यवसायी

ट्रक र ट्रिपरमा मापदण्डविपरीत ढालाको आयतन वृद्धि गर्दै व्यवसायी


निर्माणको क्षेत्रमा ट्रक तथा ट्रिपर व्यवसायीले आतंक मच्चाएका छन् । उनिहरुले उपभोक्तासँग बढि मुल्य असुलेर नाफा कमाउने उद्धेश्यले कानुन विपरीत मालवहाक ट्रक र ट्रिपरको ढालाको आयतन बृद्धि गरी ढुवानी गरिरहेका छन् ।

ट्रक र ट्रिपरका व्यवसायीहरुले सरकारी मापदण्डविपरीत मालवाहक सवारीमा ढालाको आयतन वृद्धि गरी ढुवानी गरीरहेका छन् । सरकारी उदासिनता र उपभोक्ता अधिकारकर्मीहरुको वेवास्ताका कारण ट्रक र ट्रिपरहरुले सरकारको नियम नै लत्याएर निर्माणको क्षेत्रमा आतंक मच्चाएका हुन् ।

यातायात व्यवस्था विभागले ६ चक्के तथा १० चक्के ढुवानी सवारी साधनमा ढालाको आयतन निर्धारण गरे पनि कारबाही भने हुन सकिरहेको छैन् । सरकारी बेवास्ताको फाइदा उठाउँदै व्यवसायीहरुले मापदण्डभन्दा बढी ढाला राख्दै सामान ढुवानी गरिरहेका छन् । तीनवर्ष अघि नै मालबाहक सवारी साधनको भार नियमन सम्बन्धी कार्यविधि तयार पारी सबै मालबाहक सवारी साधनमा ढाला निर्धारण गरेको विभागका निर्देशक प्रेमकुमार सिंहले जानकारी दिए । ‘हामीले सबै निकायमा यो अनियमतता रोक्नका लागि पत्राचार गरिसकेका छौं ।’ सिंहले भने, ‘विभागले नियमित रुपमा अनुगमन गरिरहेको छ ।’

निर्देशक सिंहले कोही कसैले मापदण्ड विपरित ढालाको आयतनमा बृद्धि गरेको छ भने त्यौ गैरकानुनी काम हो । व्यवसायीहरुले नटबोल्टबाट ढालाको आयतन थपेर क्षमताभन्दा बढी ढुवानी गरिरहेका छन् । सवारीको क्षमताभन्दा बढि लोड बोक्ने ट्रक र ट्रिपरहरुमा निगरानी बढाउने ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीको भनाई छ । ‘ट्राफिक प्रहरीले यसलाई अनुगमन गरिरहेको छ ।’ उनि भन्छन्, ‘गाडीको क्षमताभन्दा ओभरलोड हुने गरी मालसामान बोक्ने सवारीमा ढाला थप्ने काम नियम विपरित हो । हामी त्यस्ता सवारी, चालक र व्यवसायीलाई कारबाही गर्छौं ।’

मालबाहक सवारी साधनको भार नियमन सम्बन्धी कार्यविधि २०७१’ अनुसार निर्माण सामग्री ढुवानी गर्ने ट्रिपरहरूको ढालाको आयतन तोकेर मात्र ढुवानी गर्ने गरी ६ चक्के ट्रिपरको ढाला ७ दशमलव ५ घनमिटर र १० चक्के ट्रिपरको ढाला १२ घनमिटर तोकेको छ । तर यो व्यवस्था पूर्ण रुपमा कार्यन्वयनमा भने आउन सकेको छैन् ।