लेनदेनमा कुरा नमिलेपछि ४२.५ मेगावाटको सान्जेन निर्माण अवरुद्ध

लेनदेनमा कुरा नमिलेपछि ४२.५ मेगावाटको सान्जेन निर्माण अवरुद्ध


४२.५ मेगावाट क्षमताको तल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण ३ महिनादेखि अबरुद्ध भएको छ । आयोजना निर्माणको मुख्य ठेकेदार र पेटी ठेकेदारबीच लेनदेनमा कुरा नमिल्दा आयोजनाको निर्माण ३ महिनादेखि रोकिएको हो ।

आगामी माघ १ गतेसम्म आयोजना निर्माण गरिसक्नुपर्ने चिलिमे जलविद्युत् कम्पनीलाई जिम्मेवारी भएपनि अहिलेसमम ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । आयोजनाका अनुसार अहिले २ ठेकेदारको विवादका कारण विद्युतगृह क्षेत्रको काम रोकिएको छ ।

विवादकै कारण समयमै काम सम्पन्न हुन नसक्ने भन्दै आयोजनाले भारतीय निर्माण कम्पनी एससिडब्लुलाई कारबाहीको चेतावनी समेत दिदै आएको छ ।

तल्लो सान्जेन निर्माणका लागि भारतीय कम्पनी एसिडब्लुले ७० र नेपाली कम्पनी तुन्डी कन्स्ट्रक्सन ३० प्रतिशत काम गर्ने सहमतिको आधारमा संयुक्त रूपमा ठेक्का लिएको आयोजनाले जनाएको छ ।

अहिले उनिहरुबीच कामको आधारमा पाउने रकम नपाएको भन्दै मुख्य ठेकेदार र पैटी ठेकेदारबीच विवाद उत्पन्न भएको छ । विवादका कारण सबैभन्दा धेरै मार आयोजनालाई परेको छ ।