सिड्नीमा भेटिएकी बेनिसाले यस्तो गरिन् खुलासा

सिड्नीमा भेटिएकी बेनिसाले यस्तो गरिन् खुलासा


– राजन घिमिरे, अष्ट्रेलिया

यतिबेला अष्ट्रेलिया आइपुगेकी छिन् अभिनेतृ बेनिसा हमाल । पछिल्लो चरणमा चल्तीकी हिरोइनको पहिचानका साथ अगाडि बढेकी बेनिसा कलाकर्मकै सिलसिलामा यही मार्च ७ का दिन अष्ट्रेलियाको एडिलेट ओर्लिएकी थिइन् । ‘म नाटक महोत्सवमा सहभागी हुन आएकी थिएँ । एडिलेटमा कार्यक्रम सकिएपछि मेलबर्न गए । अहिले सिड्नी आइपुगेकी छु,’ बेनसाले खुलासा गरिन् ।

हालै रिलिज भएको दुर्इ चलचित्र झ्यानाकुटी र ब्ल्याण्ड रक्समार्फत वाहवाही पाएकी बेनिसालाई थोरै दिनको अष्ट्रेलिया बसाइ पनि अविष्मणीय रह्यो । ‘यहाँको परिवर्तित मौसम गजब लाग्यो मलाई । एउटा शहरमा अर्कै मौसम र अर्को शहरमा अर्को मौसम । यो पनि विशेष लाग्यो,’ उनले भनिन् ।

जापान र अन्य देश घुमेकी बेनिसाको अष्ट्रेलिया आगमन भने पहिलोपटक हो । ‘मेरा दाजूभाउजू पनि सिड्नीमै बस्नुहुन्छ, दाजूभाउजू यता हुनुभएकोले पनि मलाई घुम्न सजिलो भएको छ । यसपटक थोरै समयका लागि आइयो । अब अर्कोपटक लामै समयका लागि आउने छु,’ उनले आफ्नो योजना सुनाइन् । आफू अष्ट्रेलिया आएको थाहा पाएपछि धेरैले भिडियो (मेडलिङ)को अफर गरेका तर समयको अभावले प्रस्ताव स्वीकार गर्न नसक्दा दुःख लागेको बेनिसाको भनाई छ । अर्को यात्रामा घुम्ने पनि र अहिलेजस्तै कामको अफर आएमा मिलाएर त्यो पनि गर्ने उनले बताइन् । यसका लागि चाँडै नै पुनः अष्ट्रेलिया आउने धोको बेनिसाले सुनाइन् ।

बेनिसाको माको निकै तारिफ भएको फिल्म ब्ल्याण्ड रक्स अब चाँडै अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । यसबारे उनले भनिन्, ‘अष्ट्रेलियामा रहनुभएका नेपालीहरूलाई यो चलचित्र हेरिदिएर मलाई साथ दिनु हुनेछ भन्ने विश्वास लिएकी छु ।’