रानीवनस्थित न्यु क्रियटिभको ११ औं अभिभावक दिवस सम्पन्न

रानीवनस्थित न्यु क्रियटिभको ११ औं अभिभावक दिवस सम्पन्न


काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनस्थित न्यु क्रियटिभ इंग्लिस बोर्डिङ स्कूलले ११ औं अभिभावक दिवस एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यो दिवस मनाएको हो ।

विद्यालयको ११ औं अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले ऐतिहासिक नगरी काठमाडौंको उत्तर पश्चिम क्षेत्रको रानीवन क्षेत्रमा रहेको यस विद्यालयले स्थापनाकालदेखि हालसम्म अनुशासन, सामाजिकिकरण र शैक्षिक गुणस्तरमा विशेष ध्यान दिदैं विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको बताए । ‘विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको छ ।’ उनले भने, ‘आगामी दिनमा यो विद्यालय यस क्षेत्रको मात्रै नभई उपत्यकाकै नमुना बन्न सकोस् ।’

विगत आठ बर्षदेखि लगातार रुपमा एसएलसी र एसईई परीक्षामा शत प्रतिशत नतिजा हासिल गरेकोले आगामी दिनमा यसलाई निरन्तरता दिदैं अझ बढि प्रगति हासिल गर्नुपर्नेमा कार्यक्रमका विशेष अतिथी प्राध्यापक डा. गोपालप्रसाद पाण्डेले जानकारी दिए । यस्तै कार्यक्रमका अर्का बिशेष अतिथी कृषि मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनीले गुणस्तरिय शिक्षा नै आजको आवश्यकता रहेकोले विद्यालयले गुणस्तरमा अझ बढि ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा प्रिन्सिपल समाजका अध्यक्ष ज्ञानबहादुर तामाङले विद्यालयले गरेको योगदानको उच्च कदर गर्दै न्यु क्रियटिभ नमुना विद्यालयको रुपमा स्थापित भइसकेको बताए । अभिभावक समेत रहेकी सांसद मनकुमारी गुरुङले विद्यालयले गुणस्तरिय शिक्षामा कुनै कन्जुस्याँई नगरेको भन्दै प्रशंसा ब्यक्त गरिन् ।

अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमका साथै अन्य रोचक प्रस्तुती देखाएर सहभागि अभिभावक तथा दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । विद्यालयकी प्रिन्सिपल मुना भट्टराईले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि कुनै कसर बाँकी नराखेको भन्दै सबै शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा जोड दिइन् ।

विद्यालयका संस्थापक प्रिन्सपल युवराज बस्ताकोटीले आगामी दिनमा विद्यालयले विद्यार्थीहरुको क्षमता अभिबृद्धिदेखि गुणस्तरिय शिक्षामा अझ बढि जोड दिने भन्दै अभिभावकले सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा विद्यालयले आन्तरिक तथा बाह्य कार्यक्रमहरुमा विजेता तथा सहभागि विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने गतबर्ष एसईई परीक्षामा सहभागि विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।