उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित भएको घोषणा आज

उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित भएको घोषणा आज


आज उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ ।

उपराष्ट्रपतिमा पुनबाहेक कसैको उम्मेदवारी नपरेको र दावी विरोध नपरेपछि आज निर्वाचन आयोगले पुनलाई उपराष्ट्रपतिम निर्विरोध निर्वाचित भएको घोषणा गर्ने भएको हो ।

शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको आयोगले जनाएको छ ।

उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका भएपनि पुनविरुद्ध अर्को उम्मेदवारी नपरेपछि आज आयोगले पुनलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको भएको घोषणा गर्नेछ ।