टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन

टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन


काठमाडौँ उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा रहेका काष्ठकलाको महत्वलाई उजागर गर्ने उद्देश्यले लेखिएको अंग्रेजी पुस्तक ‘पवित्र माया’ कृति बजारमा ल्याइएको छ ।

सिंगापुरका नागरिक शिवजी दासले उपत्यकाका विभिन्न मन्दिरको लामो अनुसन्धानपछि लेखेको उक्त पुस्तकमा मन्दिरमा टुँडालको महत्व, काष्ठमाध्यममा प्रेमकलाका विषय, कलाकारिताको लामो ऐतिहासिक पक्षका साथै कामोत्तेजक चित्र संग्रह गरिएको छ ।

प्राध्यापक डा अभि सुवेदीले प्राचीन समयमा काठमाडौँ उपत्यकाको धार्मिक यथार्थता तथा संस्कृतिभित्रको सिर्जनाका साथै कलाकारको शिल्पबारे अध्ययन गर्न पुस्तक महत्वपूर्ण रहेको बताए ।

मण्डला बुक सेन्टरका अध्यक्ष माधवलाल महर्जनले लिच्छविकालीन र मल्लकालीन समयमा विकास भएको काष्ठकला र तत्कालीन धार्मिक मान्यतालाई बुझ्न कृति उपयोगी हुने विश्वास व्यक्त गर्दै धार्मिक पर्यटक वृद्धि गर्न पुस्तकले सहयोग पु¥याउने बताए ।

लेखक दासले प्राचीन समयमा पनि नेपालमा प्रचलित तान्त्रिक पक्ष र धार्मिक विश्वासका आधारमा निर्माण भएका मन्दिर तथा सम्पदास्थलको महत्वलाई अन्तराष्ट्रिय स्तरमा जानकारी गराउने उद्देश्यले कृति तयार पारिएको जानकारी गराए ।