अब ‘नारी सुन्दरता’ विज्ञानले प्रमाणित गर्ने

अब ‘नारी सुन्दरता’ विज्ञानले प्रमाणित गर्ने


नारी सुन्दरताको चर्चा गर्दा सबैको आ–आफ्नोे परिभाषा हुन्छ । कसैले बाहिरी सुन्दरता हेरेर विश्लेषण गर्छन् भने कसैले भित्री सुन्दरतालाई । त्यसैले नारी काली, गोरी र गहुँगोरी जुनसुकै वर्णको भए पनि उनीहरूको सुन्दरतामा व्यक्तिविशेषको हेर्ने नजर नै महत्वपूर्ण हो भन्दा फरक नपर्ला । त्यसैले होला विश्वका हरेक व्यक्तिले नारी सुन्दरतामा फरक–फरक मत प्रस्तुत गर्दै आएका छन् । तसर्थ नारी सुन्दरता हीरा परख्ने जौहरीले नभई व्यक्तिको हेराइ र सोचाइमा निर्भर गर्दछ । यो कुरा आमजनताको रुचिले समेत प्रमाणित गरिसकेको छ ।

नारी सुन्दरतामाथि लालमोहर लगाउन विश्वमा विभिन्न सुन्दरी प्रतियोगिताको आयोजना हुँदै आएका छन् । जसमा विश्व सुन्दरी (मिस वल्र्ड) र ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स) प्रतियोगिता प्रमुख रहेका छन् । ती प्रतियोगिताले प्रत्येक वर्ष ‘विश्व सुन्दरी’ छनोट गर्दै आएका छन् । जसले विश्वका नारीलाई प्रत्येक वर्ष ‘विश्व सुन्दरी’ हुने अवसर प्राप्त भइरहेको छ । जसलाई विश्वले विश्व सुन्दरीको रूपमा आत्मसात् गर्दै आएको छ ।

तर, विश्व सुन्दरी चयन गर्ने कुरा व्यक्तिको नजर र प्रतियोगितामै सीमित भएको बेलामा विज्ञानले वैज्ञानिक रूपमा विश्व सुन्दरी खोजी गरेको छ । विज्ञानले यतिबेला चर्चित मोडल तथा अभिनेत्री केली ब्रुकलाई ‘विश्व सुन्दरी’ भएको प्रमाणित गरेको छ । विज्ञानले केलीलाई विश्वकै ‘परफेक्ट फिगर’ भएको नारी भन्दै विश्व सुन्दरीको उपाधि दिएको हो ।

के हो त ‘परफेक्ट फिगर’ ? जसलाई वैज्ञानिकहरूले नारी सुन्दरताको मापदण्डको मापक बनाएका छन् । वैज्ञानिकहरूको मापकअनुसार अर्थात् टेक्सास युुनिभर्सिटीका शोधकर्ताले लामो समयसम्म गरेको अनुसन्धानको डाटालाई प्रयोग गर्दै तय गरिएको थियो । जसअनुसार चर्चित अभिनेत्री केन्ट लसलाई परफेक्ट नारी भएको बताएको थियो । पछि अर्को शोधले मोडल तथा अभिनेत्री केली ब्रुकलाई विश्वकै परफेक्ट फिगर भएको नारीको रूपमा प्रमाणित गरेको थियो ।

टेक्सास युनिभर्सिटीका शोधकर्ताका अनुसार एक व्यावसायिक मोडलको शारीरिक बनावट सबैभन्दा परफेक्ट फिगर हुन्छ । जसअनुसार नारीको हाइट १.६८ मिटर र उसको ब्रेस्ट, वैट र हिप्सको साइज ९९.६३.९१ हुन जरुरी छ । साथै शरीरमा कुनै किसिमको सर्जरी गरेको हुनुहुँदैन । यही कुरालाई मापन गर्दै वैज्ञानिकहरूले परफेक्ट फिगर भएकी सुन्दर नारीको घोषणा गर्नेछ । यसपटक वैज्ञानिकहरूको कसौटीमा केली ब्रुक खरो उत्रिएकी छिन् ।