एभरेष्ट नेपाली समाजको अधिवेशन सम्पन्न

एभरेष्ट नेपाली समाजको अधिवेशन सम्पन्न


सामाजिक तथा परोपकारी संस्थाको रुपमा बेल्जियममा स्थान बनाएको एभरेष्ट नेपाली समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । यही मार्च १४ का दिन बेल्जियमको पर्यटकीय नगरी ब्रुग्गेमा सम्पन्न अधिवेशनले कृष्ण श्रेष्ठको अध्यक्षतामा आगामी दुर्इ वर्षको लागि कार्यकारी समिति निर्माण गरेको छ।

अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष ज्योति घिसिङ, उपाध्यक्षद्वय जितेन्द्र कायस्थ र निर्मला परियार, महासचिव सुमित्रा गुरुङ, सचिव गीता सिम्खडा, सहसचिव सुशीला सुवेदी, कोषाध्यक्ष कमला पुन, युवा संयोजक वीरेन्द्र गिरी रहेका छन् । त्यस्तै खडानन्द पौडेल, सिता कुँवर, शोभा रार्इ, दौलत साम्बा र सुरज श्रेष्ठलाई सदस्यमा चयन गरिएको छ। अधिवेशनले आवश्यकतानुशार पाँच सदस्य पछि थप्न सक्ने अधिकार समितिलाई दिएको जनाइएको छ।

अधिवेशनमा गैरआवासीय संघ बेल्जियमका अध्यक्ष प्रमुख अतिथि रहेका थिए भने बेल्जियमका अधिकांश संघसंस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

स्मरण रहोस्, यो संस्थाले आफ्नो स्थापनाकालयता प्रशस्तै परोपकारी कामहरु गरिसकेको छ। नेपाली सांस्कृतिक र पर्यटकीय प्रवर्धनमा समेत सहयोगी भूमिका निर्वाह गरेको यो संस्था ‘आफ्नो लागि सधै गर्यौँ, देशको लागि अब गरौँ’ भन्ने नारा लिएर परोपकारी अभियानमा होमिएको युरोपकै अग्रणी संस्था हो। यसले गत वर्ष काठमाडौं कीर्तिपुरमा संचाललि एचआइभि एड्स संक्रमित बालबालिकाहरु अध्ययनरत ‘सफलता एचआइभी शिक्षा सदन किर्तिपुर’लाई एक लाख पचहत्तर हजार रुपयाँ आर्थिक सहयोग गरेको थियो । त्यस्तै २४ जुन २०१६ मा कास्की जिल्लाको बाढीपीडितलाई २८०१ युरो राहत रकम हस्तान्तरण गरेर दैवी प्रकोपका पीडितहरुको पीडालाई कम गर्न सहयोग पुर्याएको थियो।

– डिल्लीराम अम्माई (बेल्जियम)