डमरुको डण्डीवियोको ‘तितेपाते’ गीत सार्वजनिक (गीतसहित)

डमरुको डण्डीवियोको ‘तितेपाते’ गीत सार्वजनिक (गीतसहित)


आगामी वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘डमरुको डण्डीवियो’ कोे शीर्ष गीत ‘तितेपाते तितेपाते झ्याप झ्याप’ सार्वजनिक गरिएको छ ।

राजधानीको राईजिङ मलको सिनेमा थिएटरमा एक समारोहको आयोजना गरी उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

समारोहमा चलचित्र डमरुको डण्डीवियोमा अभिनय गरेका कलाकारसहित सम्पूर्ण प्राविधिक टीम र विभिन्न आमसञ्चार माध्यमका प्रतिनिधिहरुलाई उक्त गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । पछिल्लो समयमा चर्चामा आएका अभिनेता एवं सिने कथाकार खगेन्द्र लामिछानेका मूख्य भूमिका रहेको उक्त चलचित्रको शीर्ष गीत कालीप्रसाद बास्कोटाको शब्द÷संगीत र स्वरमा रहेको छ ।

नेपालको राष्ट्रिय खेलको सूचिबाट हटाईएको तर नेपालको मौलिक खेलको रुपमा परिचित डण्डीवियो खेलसँग सम्बन्धित कथावस्तुमा आधारित चलचित्र ‘डमरुको डण्डीवियो’ को बारेमा सम्पूर्ण जानकारी समारोहमा सहभागीहरुलाई गराइएको थियो । सम्बृद्धि इन्टरटेनमेन्ट प्रालिका लागि नोर्वुछिरिङ घले र विनोद गुरुङले निर्माण गरेको र मनाङका प्रथम चलचित्र निर्देशक छेतेन गुरुङले निर्देशन गरेको उक्त चलचित्रको अन्य गीत लेखनमा एकतारे र हर्क साउदले गीतकार एवं संगीतकार कालीप्रसाद बास्कोटालाई साथ दिएका छन् ।

गायनतर्पm कालीप्रसाद बास्कोटाका साथमा रिकेश गुरुङ, विद्या तिवारी, गन्देव्य कहन रहेका छन् । विशेष गरी राजधानी काठमाडौं र लम्जुङको पर्यटकीय गाउँ घलेगाउँमा छायांकन गरिएको उक्त चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, अशान्तित शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा, इन्गी होप्पो कोइन्च सुनुवार र निर्मला घिसिङले अभिनय गरेका छन् ।

हरि हुमागाईले सिनेमाटोग्राफी गरेको र मेनुका राईको आर्ट डाईरेक्शन चलचित्र ‘डमरुको डण्डीवियो’को निर्माण ढाँचा नगेन्द्र घिमिरेले तयार पारेका छन् भने इश्वर घिमिरेको निर्माण निर्देशन रहेको छ । सो चलचित्रका सहायक निर्देशकका रुपमा सुरेश न्यौपाने, सागर प्याकुरेल र शान्ति तामाङ रहेका छन् ।

चलचित्र ‘डमरुको डण्डीवियो’ को डिजिटल पार्टनर हाईलाईट डिजिटल रहेको जानकारी उक्त समारोहका कार्यक्रम सञ्चालक आमसञ्चारकर्मी नरेश भट्टराईल दिएका छन् ।