दोश्रो युनिभर्सिटी तथा राष्ट्रिय उडबल चैत्र १५ देखि

दोश्रो युनिभर्सिटी तथा राष्ट्रिय उडबल चैत्र १५ देखि


दोश्रो युनिभर्सिटी तथा राष्ट्रिय उडबल प्रतियोगिता आगामी चैत्र १५, १६ र १७ गते काठमाण्डौंमा आयोजना हुने भएको छ । उक्त कुराको जानकारी आयोजक विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराले गराएका छन् ।

प्रतियोगितामा मुलुकका आठवटा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पूर्वान्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा बन विज्ञान विश्वविद्यालय, नेपाल बौद्ध विश्वविद्यालय, मध्यपश्चिमांचल विश्वविद्यालय र सुदुरपश्चिमांचल विश्वविद्यालयका खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । त्यस्तै खुल्लातर्फ सातै प्रदेशका खेलाडीहरुको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

यसैगरि केहि महिनापछि सन १९१८ मा थाइल्याण्डमा आयोजना हुन गैरहेको आठौं उडबल विश्वकप प्रतियोगितालाई मध्यनजरगरि यो प्रतियोगिताको आयोजना गरिन थालेको आयोजकले जनाएको छ । साथै सन २०१८ मा इण्डोनेसियामा आयोजना हुन गैरहेको एसियाली खेलकुद प्रतियोगितामा उडबललाई प्रदर्शन खेलको रुपमा सहभागिता गराउन लागेको अन्तर्राष्ट्रिय उडबल महासंघले जनाएको छ ।

प्रतियोगितामा विजयी टीमहरुले नगद ३५ हजार प्राप्त गर्ने छन् । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थाइल्याण्डमा आयोजना हुन लागेको विश्वकपमा समावेस गरिने संघले जानकारी गराएको छ ।