स्वदेशलाई माया गर्ने शंकर र सुष्मा सम्मानित

स्वदेशलाई माया गर्ने शंकर र सुष्मा सम्मानित


राष्ट्रिय तेक्वान्दो संघ नेपालले तेक्वान्दो खेलको विकास र विस्तारका लागि स्वदेश तथा विदेशमा रहेर योगदान पुऱ्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सोहि क्रममा फागुन २ गते शुक्रबार मकाउमा कार्यरत दुईजना खेलप्रेमी तथा समाजसेवीलाई संघले सम्मानित गरेको छ ।

सम्मानित हुने व्यक्तित्वहरुमा शंकर धमला र सुस्मा धमाला रहेका छन् । संघले सानो भ¥याङस्थित राष्ट्रिय तेक्वान्दो संघको कार्यलयमा ति व्यक्तित्वहरुलाई सम्मानित गरेको हो । संघका अध्यक्ष शिव कोईरालाले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

सो अवसरमा संघका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की र सचिव राकेशकुमार राईको उपस्थिति थियो ।

नेपाली खेलाडी मकाउमा जाँदा विशेष आतिथ्य प्रदान गर्नुको साथै सहयोग गरेका कारण धमाला दम्पतीलाई संघले सम्मानित गरेको हो । मकाउमा धमला दम्पत्तिले खेलाडीहरुलाई आफ्नै निवासमा राखेर सहयोग गरेका थिए ।

नेपाली भनेपछि आफुलाई निकै माया लाग्ने र सोही कारणले आफुले मकाउ आउने प्राय: सवै जसो खेलका खेलाडी र पदाधिकारीलाई सहयोग गर्दै आएको सुस्माले बताइन् । आफ्नो यो कार्यलार्ई भविष्यमा पनि निरन्तर दिने बताउँदै सम्मानित गरेकोमा राष्ट्रिय तेक्वान्दो संघलाई धन्यवाद दिएकी थिइन् ।