मुक्तिनाथ विकास बैंकको नेतृत्व पोखरेलको काँधमा

मुक्तिनाथ विकास बैंकको नेतृत्व पोखरेलको काँधमा


मुक्तिनाथ विकास बैंक लि.को संचालक समिति बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आउनुभएका प्रद्युमन पोखरेललाई सुम्पिएको छ । विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि उक्त बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै आउनुभएका पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरिएको सो बैंकले जनाएको छ ।

बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गर्नु भएका पोखरेलले सन् १९९१ म नबिल बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गर्नुभएको थियो भने लगभग १९ वर्ष नबिल बैकका विभिन्न विभागको जिम्मेवारी बहन गर्दै सन् २०१० देखि सन् २०१६ सम्म उहाँ मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा संलग्न रहनुभएको थियो । सिइओको जिम्मेवारी पाउनुभएका पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि मुक्तिनाथ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहनु भएको थियो ।

बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत रहनुभएका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त हुन गएको हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको जनाइएको छ । यद्यपि पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेता पनि उहाँको कार्यकाल २०७५ जेष्ठ १ गतेदेखि मात्र लागु हुने र सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहनुहुने प्रस्ट्याइएको छ ।