सनराइज बैंकका बचत खातावालालाई स्वास्थ्य बीमा सेवा

सनराइज बैंकका बचत खातावालालाई स्वास्थ्य बीमा सेवा


सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लि. बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न एक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वस्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५५ वा विल रकममध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ । यस सुविधाअन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने छन् भने सम्झौतासँगै सनराइज बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने बताइएको छ ।