देउवा र ओलीसमक्ष विचारणीय पक्ष

देउवा र ओलीसमक्ष विचारणीय पक्ष


– डा. तिलक रावल

नेपाली काङ्ग्रेसभित्र नेतृत्व परिवर्तनको माग उठिरहेकै बेला पार्टी सभापति देउवा आफ्ना प्रतिस्पर्धी पूूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतले पछाडि पार्दै संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको आवाजको प्रतिनिधित्व गरेको दाबी गर्ने सिंहले देउवालाई हराउने कुरा पार्टीभित्र र बाहिर पनि कसैले सोचेका थिएनन्, किनकि संसदीय दलमा मतदाता अधिकांश देउवाद्वारा टिकट पाएका र टीका लगाइएका विश्वासपात्र सांसद नै छन् । यो कुरा राम्रोसँग बुझेकाले नै होला काङ्ग्रेस महामन्त्री शशांक कोइराला प्रतिस्पर्धा नगरी सर्वसम्मत चुनिन चाहन्थे ।

पछिल्लो समय कोइराला र सिंहबीच केही कुरा मिलेजस्तो देखिन्थ्यो किनकि सिंह देउवालाई सर्वसम्मत हुन दिने स्थितिमा देखिएनन् भने महासचिव कोइरालाले पनि नेतृत्व परिवर्तनबारे झिनो आवाज उठाउन थाल्नुभएको थियो । तर, परिवर्तनका पक्षधर सबैले सिंहलाई मत दिएनन्, यो तथ्य देउवाले पाएको दुईतिहाइ मतले प्रस्ट्याएकै छ । आफ्नो नेतृत्वमा हालैको निर्वाचनमा महापराजय भोगेको पार्टीको सभापतिलाई यस जितले केही व्यक्तिगत राहत अवश्य पुराएको होला । अरू कुरा त हेर्नु नै छ । अब विगतका आदरणीय नेताहरूको व्यवहार र आचरणबारे केही चर्चा गरौँ ।

०५१ को निर्वाचनमा काङ्ग्रेस दोस्रो स्थानमा खस्केपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता नहुने निर्णय गर्नुभयो, सुनिन्थ्यो किशुनजीको सल्लाहमा । यो सल्लाह र निर्णयले नै हालका सभापति देउवाको सत्तारोहणको ढोका खोलेको हो । स्व. कोइरालाले नेता बन्ने अडान लिनुभएको भए उहाँलाई हराउने दलभित्र अर्को व्यक्ति थिएन । कोइरालाको यो निर्णयले उहाँको कद घटेन । त्यस्तै सुशील कोइरालाले पनि संसदीय दलमा रामचन्द्र पौडेललाई सहयोग गर्नुभयो, जसको फलस्वरूप पौडेलले प्रतिस्पर्धी शेरबहादुर देउवालाई निर्वाचनमा पराजित गर्नुभयो । सुशील कोइरालाको निर्णयले पनि उहाँलाई हानि पुऱ्याएन ।

जहाँसम्म त्याग, नैतिकता र छविको प्रश्न छ त्यहॉ नेताद्वय कोइरालाले दुई भिन्न समयमा गरेको निर्णयले गर्दा उहाँहरूले राजनीतिमा घाटा व्यहोर्नुपरेन जस्तो लाग्छ । यही परिप्रेक्ष्यमा पार्टी असहज स्थितिमा रहेका बखत कमसेकम संसदीय दलमा अरू कसैका लागि देउवाले ठाउँ खाली गर्देलान् भन्ने आशा पार्टीभित्रका र बाहिरका पार्टी शुभचिन्तकले गर्नु अस्वाभाविक होइन । आ–आफ्नो विचार र कार्यशैलीको कुरा हो । देउवाले आफैं पद ओगट्नुभयो ।

कृष्णप्रसाद भट्टराईले पार्टीभित्रको गुटबन्दी, अन्तर्घात आदिबाट आजित भएर आफूलाई पार्टी क्रियाकलापबाट अलग राख्न थाल्नुभयो, शक्तिमा रहने चाहना किशुनजीले सहजै त्याग्नुभयो, शक्तिबाट आफूलाई टाढा राखी एउटा आश्रममा बस्न जाँदा पनि आमजनताको उहाँप्रतिको श्रद्धामा कुनै कमी आएन, बरु बढ्यो । साधा जीवनशैली, उच्च विचार दूरदर्शिता, इमानदारी आदिबाट आजित जनताको प्रेम र सम्मान उहाँप्रति बढ्दै गयो ।

कृष्णप्रसाद भट्टराईले पार्टीभित्रको गुटबन्दी, अन्तर्घात आदिबाट आजित भएर आफूलाई पार्टी क्रियाकलापबाट अलग राख्न थाल्नुभयो, शक्तिमा रहने चाहना किशुनजीले सहजै त्याग्नुभयो, शक्तिबाट आफूलाई टाढा राखी एउटा आश्रममा बस्न जाँदा पनि आमजनताको उहाँप्रतिको श्रद्धामा कुनै कमी आएन, बरु बढ्यो । साधा जीवनशैली, उच्च विचार दूरदर्शिता, इमानदारी आदिबाट आजित जनताको प्रेम र सम्मान उहाँप्रति बढ्दै गयो । त्यागले स्वार्थी, द्रव्यमोहमा लिप्त व्यक्तिलाई त श्रद्धा र प्रेम दिलाउँछ भने त्यागी सन्तनेता भट्टराईलाई माया र श्रद्धा नमिल्ने कुरै भएन । किशुनजी मृत्युपश्चात् पनि पुजनीय नै हुनुहुन्छ ।

लौहपुरुषका नामले पनि चिनिने सर्वमान्य नेता गणेशमान सिंहका त्याग र सङ्घर्षका कुरा गरेर साध्य हुँदैन । नेपालमा प्रजातान्त्रिक पद्धतिको स्थापनामा दशकौँ सङ्घर्ष गरेका श्री सिंहको नेपाली राजनीतिमा अति उच्च अद्वितीय स्थान छ । सधैँ सङ्घर्षरत सिंहले सङ्घर्षको फल देशले पाउँदाका घडीमा भने पद र शक्तिप्रति विशेष चाहना राख्नुभएन । यही सङ्घर्ष र त्यागले गर्दा नेपाली मात्रको अपार माया र सम्मान पाउनुभयो श्री सिंहले । आज मृत्युवरण गरेको वर्षांैपछि पनि उहाँ पुजनीय हुनुहुन्छ । विपक्षी राजनेताहरूले पनि उहाँलाई सधैँ आदर गरे । त्याग, इमानदारी र उच्च विचारले नै सिंह र भट्टराई यो स्थानमा पुगेका हुन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठीक भन्नुभएको छ कि नेपाली समाज भोगभन्दा त्यागको कदर गर्छ । गणेशमानजीको उदाहरण दिँदै पौडेल भन्नुहुन्छ कि उपलब्ध ठूला अवसरहरूलाई त्यागेकाले नै श्री सिंह यो आदरणीय स्थान ओगट्न सफल हुनुभएको हो ।

साँच्चै हो, श्री सिंहले भोगलाई प्राथमिकता दिनुभएको भए यो मान–सम्मान उहाँलाई प्राप्त हुने थिएन । देउवालाई भोगभन्दा त्यागलाई अँगाल्नुस् भनी अनुरोध गर्ने क्रममा पौडेलले यस्तो सुझाव दिएको भन्ने बुझियो । देउवाले पद/शक्तिबाट अलग हुँदा आफ्नो अस्तित्व डगमगाउने डरले हुन सक्छ भोगलाई नै च्यापेको । किशुनजी जस्तो बुद्धिमता, उहाँको स्तरको दूरदर्शिता, नैतिकता, इमानदारी नभएकाले पनि देउवाले पदबाट अलग हुन नखोजेको हुन सक्छ किनकि पदमा नरहँदा हाम्रोजस्तो देशमा सबै नेताले किशुनजीको जस्तो स्थान प्राप्त गर्न सक्दैनन् । धेरै सीमितता र कमजोरीसहितका देउवाले यो बुझेका छन्, तर भुल्न नहुने कुरा के हो भने गणेशमानजीको जस्तो सङ्घर्षपूर्ण जीवन यापन नगरेका भए पनि नेताहरूको सानो त्यागले पनि समाजमा उनीहरूको इज्जत बढ्छ ।

क्षमाशील नेपालीहरू स–साना त्यागका कुराबाट प्रभावित भएर, व्यक्तिविशेषका कुकर्महरूलाई बिर्सिन लामो समय लिँदैनन् । पुराना नेताहरूमा स्वर्गीय गिरिजाप्रसाद व्यावहारिक राजनीति गर्नुहुन्थ्यो र उहाँले पद, पैसा र परिवारप्रति बढी लगाव बेलाबेला नराखेको पनि होइन । तर, लामो समय राजनीतिमा सक्रिय रहेका कोइरालाले केही अपाच्य, स्वार्थपूर्ण काम गरे तापनि केही त्यागका कुराले उहाँले आफ्नो छविमा ठूलो ह्रास आउन दिनुभएन । नेपालको राजनीतिक इतिहासमा कोइरालाको अलग्गै स्थान छ । पद, पैसा र परिवारको प्रभाव र यसप्रतिको आशक्तिका कारण देउवाको अलग्गै स्थान बन्दै छ । विदेशका केही उदाहरण पनि दिन सकिन्छ कि जनता कति क्षमाशील हुन्छन् । जिम्बाबेका मुगावेलाई पदबाट हटाउन सङ्घर्षरत व्यक्तिहरूले नै निजको ९३औँ जन्मदिन हालै धुमधाम साथ मनाए । मुगावेले पद छोड्ना साथ निजका अनगिन्ती कमी–कमजोरी छिनमै हराए ।

भ्रष्टाचारका आरोप लागेका दक्षिण अफ्रिकाका राष्ट्रपति जुमा पनि पद त्याग गरेपछि शान्तिपूर्वक आफ्नै देशमा बसेका छन् । पढेलेखेका देउवाजीले सोच्ने कुरा यी हुन् । निर्णय त उहाँले नै हो गर्ने र यो लेख नेता देउवालाई पद छाड्ने आग्रह बोकेर लेखिएको पनि होइन । पार्टीभित्र उहाँले सक्रिय रहनु आवश्यक छ । एउटा कुराचाहिँ देउवाले बिर्सिनुहुन्न कि नेपाली जनता स्थिरता चाहन्छन् । पटकपटकका सरकार ढल्ने र बन्ने क्रियाकलापबाट वाक्कदिक्क छन् ।

त्यस्तै, भ्रष्टाचारका आरोप लागेका दक्षिण अफ्रिकाका राष्ट्रपति जुमा पनि पद त्याग गरेपछि शान्तिपूर्वक आफ्नै देशमा बसेका छन् । पढेलेखेका देउवाजीले सोच्ने कुरा यी हुन् । निर्णय त उहाँले नै हो गर्ने र यो लेख नेता देउवालाई पद छाड्ने आग्रह बोकेर लेखिएको पनि होइन । पार्टीभित्र उहाँले सक्रिय रहनु आवश्यक छ । एउटा कुराचाहिँ देउवाले बिर्सिनुहुन्न कि नेपाली जनता स्थिरता चाहन्छन् । पटकपटकका सरकार ढल्ने र बन्ने क्रियाकलापबाट वाक्कदिक्क छन् । बढी बाधा, व्यवधान भइरह्यो भने कांग्रेसलाई धेरै कमजोर स्थितिमा पुऱ्याएका ओलीजीले ५ वर्षभन्दा धेरै अगावै मध्यावधि निर्वाचनमा देशलाई होम्नुभो भने कांग्रेसको के हाल होला ?

केपी ओली प्रधानमन्त्री बन्नुभयो, सरकारमा मन्त्रीहरूको सङ्ख्या बढाउँदै सरकारलाई पूर्णता दिने काम हुँदै छ । समाजवादी फोरमसँग वार्ता राम्रो चल्यो फोरम सरकारमा जाँदै छ भने राष्ट्रिय जनता पार्टी पनि छलफल र वार्ताका लागि नकारात्मक देखिँदैन । लाग्छ– ओली संविधान संशोधनका लागि सदनमा दुईतिहाइभन्दा बढी सङ्ख्या पुऱ्याएर एमालेको संविधानसम्बन्धी मूलभूत बुँदाहरूको अडानलाई असर नपारी यो लामो विवाद हाललाई समाधन गर्दै छन् । प्रचण्डको साथले प्रचण्ड बहुमत प्राप्त गरेका ओलीजीलाई राजनीति फाँटका मुद्दाका साथै आर्थिक क्षेत्रका मुद्दाहरूमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । समस्या जटिल छन् ।

आर्थिक वृद्धि ५ प्रतिशतभन्दा कम हुने अनुमान धेरैले गरेका छन् भने पुँजीगत खर्च यो आर्थिक वर्षको ७ महिनामा कुल रु. ३३५ अर्बको मात्र २० प्रतिशत पुगेको छ । बाह्य क्षेत्रको स्थिति नाजुक छ । इन्धनको आयातमा विगत ६ महिनामा रु. ७५.२ अर्ब खर्च भयो भने हाम्रो कुल वस्तु निर्यातबाट आम्दानी सो अवधिमा मात्र रु. ४१.१ अर्ब भयो । सङ्घीयतामा गएको फलस्वरूप देशले आर्जन नगरे पनि खर्च त मनग्य गर्नुपर्ने देखिन्छ । भनिन्छ, केन्द्रीय दुई सदन र प्रदेश सभाहरूको खर्च (४.२५ अर्बको) पुरानो संविधानसभा/सदनउपर भएको वार्षिक खर्चको करिब ३ गुणा बढी हुने देखिन्छ ।

यी तथ्याङ्कले केही चिन्ता पैदा गर्छ । खासगरी वर्तमान परिप्रेक्ष्यमा जब आर्थिक क्रियाकलापले गति लिन सकेको छैन र राजस्व सङ्कलनले पनि रु. ७३० अर्बको लक्ष्य भेटाउने लक्षण देखाएको छैन । स्थानीय निकायहरूलाई रु. १५० अर्ब केन्द्रले पठाइसक्यो र अर्को ७५ अर्ब पठाउनुपर्ने देखिन्छ । पाठएको रकम भने पूरा खर्च नहुन सक्छ । अतः बजेट खर्च गर्न केन्द्रलाई गाह्रो नहोला, तर ध्यान पुँजीगत खर्चले पाउनुपऱ्यो । अर्थमन्त्रीजीले चाहेजस्तै संशोधित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल होस् ।

राजनीतिक स्थायित्व र आर्थिक समृद्घिको नाराले मतदाताको मन जितेको वाम गठबन्धनसमक्ष चुनौती धेरै छन् । चुनावी दस्तावेजमा उल्लेख भएजति गर्न नसके पनि पुँजीको आवश्यक व्यवस्था गरी आर्थिक वृद्धिदरलाई चाँडो उकास्नुपर्ने देखिन्छ ।

…जनता कति क्षमाशील हुन्छन् । जिम्बाबेका मुगावेलाई पदबाट हटाउन सङ्घर्षरत व्यक्तिहरूले नै निजको ९३औँ जन्मदिन हालै धुमधाम साथ मनाए । मुगावेले पद छोड्ना साथ निजका अनगिन्ती कमी–कमजोरी छिनमै हराए ।

वर्तमानमा आन्तरिक बचत र लगानीबीच ठूलो खाडल रहेकाले हाम्रो निर्भरता बाह्य लगानी/अनुदानमा रहिरहने स्थिति छ । अतः लगानीयोग्य वातावरणको सिर्जना हुनुपऱ्यो र सो भएपछि बाहिरबाट पुँजी भित्रिन थाल्छ । साम्यवादी चीनले विश्वभरिको पुँजी प्राप्त गरी आर्थिक विकास गरेको कुरा कसैबाट लुकेको छैन । हाल चीन पुँजी निर्यात गरिराखेको छ । अति आकर्षक आर्थिक वृद्धिदर प्राप्त भएको फलस्वरूप राम्रो जीवनशैली यापन गरिराखेका चीनवासीले राष्ट्रपति सीलाई संविधान संशोधनमार्फत तेस्रो कार्यकालका लागि पनि स्वागत गर्दै छन् । ओलीजीलाई पनि मौका मिलेको छ । परिवार, पार्टी र आसेपासेको स्वार्थभन्दा माथि उठेर देशको हितमा काम गर्ने सुनौलो अवसरको सदुपयोग गर्न सक्नुपर्छ । यस्ता कार्यमा ठूलो व्यवधान खडा नहोलान् किनकि काङ्ग्रेसका मतदाता नै सरकार ढाल्ने काममा आफ्ना नेता लागुन् भन्ने चाहँदैनन् ।

यो कृषिप्रधान देशमा साग, फलफूल, माछामासुदेखि अन्नसम्म आयात गरिन्छ र विप्रेषणबाट प्राप्त रकमको ठूलो अंश उपभोगमा खर्च हुन्छ । धेरै गफ नगरी यी चिजको उत्पादन बढाउनतर्फ लाग्नुपऱ्यो र आन्तरिक उपभोगपछि बचेको उत्पादन निर्यात गर्नुपऱ्यो । लगानी गर्न चाहने राष्ट्र, कम्पनी/व्यक्तिविशेषले विश्वस्त हुन सक्नुपऱ्यो कि उनीहरूले आफ्नो पुँजी र मुनाफा सहज किसिमले चाहँदाका घडीमा लैजान सक्छन् । पानी र पर्यटनले पनि यथोचित ध्यान पाउनुपऱ्यो । हाम्रो दीर्घकालीन ऊर्जानीति भारतले अवलम्बन गरेको आणविक, सौर्य, वायु र जल आधारित ऊर्जानीतिका आधारमा तर्जुमा र कार्यान्वयन हुनुपर्छ । भारत र चीन उदीयमान आर्थिक शक्ति भएकाले यी देशका बासिन्दाको बढ्दो क्रयशक्तिको फाइदा हामीले लिन सक्नुपर्छ र जलविद्युत् उत्पादन बढाई आयातीत इन्धनको उपभोग भान्छादेखि सडकसम्म घटाउन अति आवश्यक भइसक्यो । जल ऊर्जाको उत्पादन र आन्तरिक उपभोग बढाउन मौद्रिक र वित्तीय औजारहरूको यथोचित प्रयोगबाट सहज वातावरणको निर्माण गर्न सकिन्छ ।

चीनका देङले त्यो राष्ट्रको अर्थतन्त्रलाई उदारीकरणतर्फ धकेले भने यसलाई शिखरमा पु¥याउने काम हालका राष्ट्रपति सी बाट सम्पन्न हुँदैछ । स्वर्गीय देङ उनका असल कार्यका लागि सिङ्गापुरका स्व. लि क्वानजस्तै पुजनीय छन् । बिहारले हासिल गरेको अति आकर्षक आर्थिक वृद्घिका कारण मुख्यमन्त्री नीतीश कुमार भारतभन्दा बाहिर पनि चिनिन पुगे भने विगतमा गुजरातमा भएका/गरेका उल्लेख्य आर्थिक क्रियाकलापका कारण प्रधानमन्त्री मोदी भारतमा मात्र होइन विश्वभर चम्किँदै छन् । अमेरिकाका ट्रम्प आफ्नो देशको चीनसँगको ठूलो व्यापार घाटा (५०० अर्ब डलर) बाट चिन्तित देखिन्छन् र देशभित्रका सम्बन्धित उद्यमीको हितरक्षार्थ स्टिल र आल्मुनियम आयातमा शुल्क लगाउँदै छन् । ई.यू. र क्यानडाको ठूलो विरोधले हल्लेका छैनन्, ट्रम्प । वर्तमान प्रधानमन्त्रीले पनि आफू र आफ्ना मन्त्रीहरूलाई भाषणबाजी होइन कामतर्फ लगाउनुपऱ्यो । एक पार्टीको मात्र नभई पूरा राष्ट्रको आदरणीय नेता हुने मौका छ ।