तपाईंको यो साता (राशिफल, ३० फागुन-६ चैत, २०७४)

तपाईंको यो साता (राशिफल, ३० फागुन-६ चैत, २०७४)



मेष

वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राष्ट्रिय भावनाको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको आशीर्वादले काम गर्न सकिनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभ रङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मंगलकार्यको योग छ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । साताको पहिलो दिनबाट शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । प्रेमी÷प्रेमिकाका बीच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क ४ र शुभ रङ रातोे हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवकोे ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मिथुन
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । साताको अन्त्यबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । साताको अन्त्यमा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यो साताका लागि शुभअङ्क २, ६ र शुभ रङ पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कर्कट
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामहरू सम्पादन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यबाट पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ साथै सामान हराउने योग छ । यो साताका लागि शुभअङ्क २, ७ र शुभ रङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमान्जीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

सिंह
आँटेकोे र ताकेको कार्य पूरा होला । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारसँग रमाइलो भेटघाट रहला । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । यो साताका लागि शुभअङ्क २, ५ र शुभ रङ रातो वा केशरी हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कन्या
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क ६, ७ र शुभ रङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । सौन्दर्यमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको अन्त्यबाट आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभ रङ सेतो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व माता बगलामुखीको दर्शन गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । लाभदायक यात्रा रहनेछ । शुभ समाचार सुन्न पाइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यबाट व्यापार–व्यवसायमा मन्दी आउला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभ रङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताका लागि शुभअङ्क ९ र शुभ रङ पहेँलोे हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता हुनेछ ।

मकर
पुनर्मिलनको योग रहेको छ । नवीन कार्यको सुरुवात हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । साताको पहिलो दिनबाट मनमा निराशा र शरीरमा आलस्य आउला । यात्रामा मालसामान हराउन सक्छ । आयआर्जनमा बाधा आउला । यो साताका लागि शुभअङ्क ६ र शुभ रङ कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महाकालीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कुम्भ
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । घरमा अतिथिको आगमन हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा नयाँ सदस्यको आगमनले हर्ष बढाउनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभ रङ नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । साताको अन्त्यबाट राजनीतिक कार्यमा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । यो साताका लागि शुभ अङ्क ३, ९ र शुभ रङ हल्का पहेँलो वा आकासे नीलोे हो । कुनै शुभकर्म गर्नुपूर्व देवीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।